काठमाण्डाै- नेपालमा पछिल्लाे २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् ।
पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ जानकारी दिएको छ । यस्तै २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । यस्तै भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ रहेको पनि मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा २३४६ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौंमा २३४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २९८ र ललितपुरमा ४५४ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ भने ललितपुरमा ७ हजार र भक्तपुरमा ५ हजारमाथि रहेको छ ।