धनगढीः बझाङ्ग जिल्लाको साविक कडेल गाँउ बिकास समिति हालको छबिस पाथीभरा गाँ.पा गुम्ला गाँउ हाल गौरी गंगा नगरपालिका वडा नम्बर ६ कैलाली स्थायी घर भएका देउडा गीतका धरोहर हरीचश्चन्द्र खडायतको बुधबार अन्तिम दाहसंस्कार गरिएको छ । बि.सं.२०२६ सालमा देउडा गायक कठायतको जन्म भएको हो । बुवा गोपीलाल काठायत र आमा डल्ली देवि कठायतको कोखबाट जन्म लिएका देउडा हस्ती कठायतले दर्जनौ देउडा गीतहरुमा स्वराकँन गर्नु भएको थियो ।
बिगत दुइ हप्ता देखि मस्तिस्क रोगबाट ग्रसित कठायतले शुदुर पश्चिमेली देउडा तथा ठाडी भाकामा स्वर दिएका थिए । मृतको श्रावण ११ गते गौरीगंगा नगरपालिकामा पर्ने गौरीगंगामा अन्तिम दाहसंस्कार गरिएको हो । दुइ हप्ता हगाडी निजलाई मस्तिस्क समस्या आए पछि धनगढीमा रहेको निसर्ग अस्पतालको आइसियुमा राखेर उपचार गरिएको थियो ।
शुदुर पश्च्मिका कराकारहरुको संयोजकत्वमा रु ५० हजार आर्थिक सहयोग गरी निजको उपतचारकालागी निजकी श्रीमतिलाई हस्तान्तरण गरिएको थियो । हरेक पहल गर्दा पनि उनको उपचारमा परिवर्तन नभए पछि श्रावण ११ गते बिहान सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
मृतक खडायतका पाच भाइ र दुई बहिनी रहेका छन् भने उनी सबै भन्दा कान्छो सन्तानको रुपमा रहेका छन । दिवंगत कठायतको अन्तिम श्रद्दाञ्जलीमा शुदुर पश्चिम प्रदेशका भौतिक योजना तथा निर्माण मन्त्री दिर्घ सोराडीको संयोजकत्वमा अन्तिम दाहसंस्कार गरिएको हो ।
अन्तिम दाहसंस्कारमा शुदुरपश्चिमका अग्रज तथा सबै कलाकारहरुको उपस्थिति रहेको थियो । जसमा बरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी, देउडा गायक राजाराम भाट, देउडा गायक ध्वज महरा, देउडा गायक राम बहादुर दानी, दिपेन्द्र दाहाल, दिर्घ फुलारा, महेन्द्र बि.क. लोकराज पन्थी, शेर बहादुर बोहरा, हिक्मत बोहरा, खगराज अवस्थी, भवानी रेग्मी, सुरेश चोखाल, हिरेन्द्र साँउद, रमेश बिजुली बि.सी., कृति बहादुर सिंह, देउडाका राजा भुवन प्रसाद दाहाल, संगीतकार राजेद्र शाह बि.पी., भिम बिष्ट अछामी रेखा, अमृत उपाध्याय, गणेश साँउद, निर्देशक भिम थापा, प्रेम विवस साँउद, लाल बहादुर धामी (अछामी बड्डो), लाल बहादुर थापा र वीरेन्द्र खड्काको उपस्थिति रहेको थियो ।
दिवंगत गायक कठायतले कर्णालीका भेल, लबिडि खाँदीकी, बाझाङ्गी काल्या, इराकको लाहुर्या, झ्याम पुतली झ्याम्म, सेती छाल, लंका भरी सून छ र मेल्लेख डाँडा बाँन्नी खाँन लगायतका देउडा तथा ठाडी भाका गीतहरुमा आवाज दिनु भएको थियो ।
अन्तिम दाहसंस्कारमा बोल्ने कलाकारहरुले भावुक हुँदै देउडाका हस्ती शुदुरपश्चिमका अग्रज कलाकार हरिश्चन्द्र कठायतलाई गुमाउदा सिंगो शुदुरपश्चिमको देउडा बिधालाई नै अतुलनिय क्षति भएको प्रति दुख ब्यक्त गरेका छन ।