बाजुरा जिल्लाको मार्तडी कोल्टी सडक खण्ड सालिमेलामा पहिरोको कारण अवरुद्ध भएको छ।
साउन ३ गतेको राती आएको अविरल बर्षाको कारणले सालिमेला पहिरो आउँदा मार्तडी कोल्टी सडक सवारीसाधन चलाउन निकै समस्या भएको छ। मार्तडी बजार नजिकै बाउली खोला र रजावतोली नजिकै रहेको रजातोली खोलाको पानीको बाहाप बढेकाले सवारीसाधन ठाउँ ठाउँमा रोखिएका छन।
मान्छेलाई कोल्टी बाट मार्तडीमा पुग्न तीन ठाउँमा जिप चडेर पुगेनी गरेको छौ।जस्मा वर्षादको कारणले पहिरो सङै खोलानालाको पानी बढदा आवतजावत गर्ने समस्या परेको छ। बिछ बिचमा सडक अवरुद्ध हुँदा सवारीसाधन निकै समस्या हुँदा कतिपय मान्छे पैदलमार्ग भएर मार्तडी पुग्ने गरेको यात्रु सृजना बोहराले बताउनु भएको छ।
सडक अवरुद्ध भएको दुई साता पुगिसकेको छ। अहिलेसम्म कुनै निकायले समस्या लाई समाधान उपायमा ध्यानाकर्षण गएको छैन। हामीले सवारीसाधन चलाउन अहिले ठाउँ ठाउँमा पहिरोले गर्दा जिप रोखिएको छन। गाडी बन्ध हुँदा मासिक गाडीको किस्ता तिर्नुपर्ने पनि धौधौ भएको गाडी चालक शैलेन्द्र खड्काले बताउनु भएको छ।
अहिले धम्कनेको नजिकै रहेको सालिमेला भन्ने ठाउँमा रोडको माथिबाट पहिरो आउँदा सडक बन्ध भएको छ।
हामीले दुई साता अगाडि कोल्टीको कमारेकोट बाट जिपहरु चलानी गरेर पठाउने गरेको थियो। अहिले ठाउँ ठाउँमा गएर जिप चलानी गराउनुपर्ने हुँदा ठुलो समस्या भएको जय मालिका यातायात प्रा.लि. का कर्मचारी दिपेन्द रोकायाले बताएका छन।
बाजुरा पुर्वी उत्तरी भेगमा रहेका चार वटा स्थानीय तह लगायत हुम्ला र मुगु जिल्लाको मान्छेलाई आवतजावत गर्ने कठिनाइ भएको छ। सडकमा समस्या आउँदा खाद्य तथा तेलमा महँगो बढदै गएको छ। समान ओसारपसार गर्ने नपाउदा समानको दर बढदै गएको छ। समानको दर मात्र बढनु संगै मान्छेलाई आवतजावत गर्ने दुख गर्ने पर्ने समेत रहेको कोल्टी बजारमा व्यवसाय गरेर बसेका कासिराम थापाले बताउनु भएको छ।
मार्तडी देखि कोल्टी सडक खण्ड खोलानाला उच्च जोखिम संगै पहिराको कारणले सवारीसाधन लगायत मान्छेलाई आवतजावत गर्ने निकै समस्या रहेको छ।











