बाजुरा- नेपाली काङ्ग्रेस बडिमालिका नगर कार्यसमिति द्रारा जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ।
जनै पुर्णिमाकाे दिन लाग्ने पुजामा पुर्णिमाको दिन लाग्ने पुजामा आउने तिर्थालुहरुलाई आवत जाओतमा समस्या हुदा उक्त ध्यानाकर्षण पत्र बुझाईएकाे हाे । बडिमालिका माताको दर्शनमा आउने तिर्थालु तथा भक्तजनहरुलाई गन्तव्यमा लागि यातायात सहजपार्ने साफे मार्तडी राजमार्ग अन्तर्गत विगत वर्ष देखि समस्या झेल्दै आएको छ। मार्तडीमा आउने सडक खण्ड बल्दे दवारी सडक बाटो अवरुद्ध भइ दैनिक उपभोग्य तथा अत्यावश्यक सामान आदानप्रदान गर्न निकै समस्या भोग्नु अवस्था रहेको छ।
पैदल यात्री तथा भरीयाहरुलाई समेत आवतजावत गर्ने कठिनाइ भइ रहेको समेत देखिएको छ। उक्त सडक खण्डको समस्या समाधानका लागि र वैकल्पिक सडक मार्गको विषयमा संघिय सरकार जनप्रतिनिधि, प्रदेश सरकार प्रतिनिधित्व, स्थानीय सरकार जनप्रतिनिधि, सडक डिभिजन कार्यालय सम्बन्धित सरोकार वालाको
ध्यानाकर्षण गराएको छ। सडकको अवरुद्ध समस्या विषयको लाई छलफल गराइ समस्या समाधानको पहलका लागि नेपाली काङ्ग्रेस बडिमालिका नगर कार्य समिति द्रारा ध्यानाकर्षण पत्र बुझाएको छ।
साउन महिनामा बडिमालिका स्थिति जनैपूणिर्मा पुजामा बडिमालिका माताको दर्शनमा तिर्थालु तथा भक्तजनहरु
आउने गरेका छन। उक्त भक्तजनहरु लाई बडिमालिका मन्दिर दर्शन गर्ने आउने जिल्ला बाहिर तथा जिल्ला भित्रका मान्छेहरुलाई सहजीकरण गर्ने सडक अवरुद्ध भएको छ। उक्त समस्यालाई छिट्टै समाधान गर्नको लागि जिल्ला प्रशासन कार्यालय मार्तडीमा ध्यानाकर्षण पत्र बुझाएको नेपाली काङ्ग्रेस नगर कार्यसमिति सभापति गोपाल बहादुर कार्कीले बताउनु भएको छ।











