बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.१ को बामु गाउँमा १३०० वटा उन्नत जातको स्याउका बोट लगाइएको छ।
बाजुरा कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा र हिमाली गाउँपालिकाको समन्वयमा उच्च किसिमिको इटाली स्वाउ खेती लागि १३०० बोट स्वाउ बगैंचा लगाएको छ। बामु गाउँ देखि अलि टाढा रहेको रान्या भन्ने ठाउँमा गाउँकै सयुक्त रूपमा मिलेर स्याउ लगाएको छ।
स्याउ लगाएको करिब दुई वर्ष भित्र फल लाग्ने खाल्को बोट उन्नत जातको स्याउ रोपिएको छ। बोट विरुवा लगाउनु संगै थाेपा सिचाइ सहित टेङकि र पाईहरू स्याउ रोपनी भएको बामु गाउँको रान्या ठाउँमा व्यवस्थापन गरिएको छ। उक्त स्याउ खेतीयोग्य भएको हुँदा सिङ्गो व्याक्ती नभएर हामी सबै गाउँलाई सहित जिम्मेवार गरिने स्थानीय राजेन्द्र रोकायाले बताएका छन।
बामु गाउँका मान्छे अब बेरोजगार अबस्थामा र आर्थिक रुपमा पनि स्याउ खेतीले जुन अवस्था छ। त्यसलाई कमिहेने भएको छ। युवाहरूलाई पनि विदेश जान नपर्ने सम्भावना देखेको पाइनेछ। गाउँमा बसि स्थानीय उत्पादन लाई बजार व्यवस्थापन गरि स्याउ प्रदर्शन केन्द्रको रुपमा
स्थापन गर्ने हो सामाजिक र आर्थिक स्थितिमा ठूलो टेवा पुर्याउने छ।
केहि वर्षको अन्तरमा स्याउ खेतीलाई राम्रो संरक्षेण गर्ने हो भने वार्षिक आमउपभोक्ताहरु लाई लाखौं रुपैया कमाइ
हुने भएको छ। स्याउ बोटालाई जगेर्ना गर्ने हो भने गाउँको
लागि सामाजिक, आर्थिक, विकासका उपलब्धता सम्भावनालाई सकारात्मक रहने हिमाली गाउँपालिका वडा न.१ का वडा अध्यक्ष जोख्या भण्डारीले बताउनु भएको छ।











