बाजुरा– बाजुराका जनप्रतिनिधिहरुले राष्ट्रपति बिद्या देवी भण्डारी संग भेटवार्ता गरेका छन् । आज राष्ट्रपतिको कार्यालयमै पुगेर राष्ट्रपति भण्डारी संग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा बाजुराका पर्यटकिय क्षेत्र बडिमालिका ,बुढीनन्दा खप्तड छेडेदह ताल, र त्रिवेणि धामको भौतिक संरचना निर्माणका साथै यश क्षेत्रमा जाने पदमार्ग, विश्रामगृह संगै बाजुराको समग्र बिकासका विषयमा छलफल भएको बुढिनन्दा नगरपालिकाका नग्र प्रमुख जनक बोहराका प्रेस सल्लाहकार महेश कार्कीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार प्रतिनिधि सभा सदस्य लाल ब थापा ,बडिमालिका नगर प्रमुख अमर खडका ,बुढीनन्दा नगरपालिका नगर प्रमुख जनक बोहोरा ,जगन्नाथ गाउँ पालिका अध्यक्ष काली ब शाही ,बढिमालिका नगरपालिका अन्य वडा अध्यक्षहरुले सयुक्त भेटवार्ता गरेका हुन । आज रास्ट्रपति निवासमै पुगेर नेताहरूले गरेको भेटवार्तामा जिल्लाको पुर्वाधार बिकास लगायतका समसामयिक महत्त्वपूर्ण विषयमा माथी छलफल भएको नगर प्रमुख बोहोराका प्रेस सल्लाहकार कार्कीले बताउनुभयो ।
बाजुराका जनप्रतिनिधी काठमाडौमा एक पछि अर्को दिन जिल्लाको समस्यालाई लिएर विभिन्न मन्त्रालयमा भेटवार्ता गरिरहेका छन् । हिजो मात्र बुढिनन्दा नगरपालिकाका नगर प्रमुख बोहोरा सहितका जनप्रतिनिधी सयुक्त रुपमा जिल्लामा रहेको स्वास्थ्य समस्याका बिषयमा स्वास्थ तथा जनसंख्या राज्य मन्त्री संग भेटवार्ता गरेका थिए ।