बाजुरा— जगन्नाथ गाँउपालिकाकी २३ बर्षिया एक महिला गर्भवती हुन नसक्दा तिन दिन देखि हेलीकप्टरको पर्खाईमा रहेकी छन । जिल्ला अस्पताल बाजुरामा उनी सुत्केरी ब्यथा लागेर तिन दिन देखि छट्पटाइ रहेकी छन ।
निजलाई गर्भवतीको व्यथा लागे पछि आइतबार बोकेरै जिल्ला अस्पताल बाजुरामा ल्याईएका थियो । कोल्टी स्वास्थ्य चौकीमा उपचार हुन नसक्दा उनलाई जिल्ला अस्पताल बाजुरामा ल्याइएको हो । जिल्ला अस्पताल बाजुरामा पनि गर्भवति गराउन नसक्दा अहिले उनी हेलिकप्टरको पर्खाईमा छट्पटाइ रहेकी छन ।
जिल्लामा उनलाई गर्भवति गराउन सम्भव नभए पछि जिल्ला अस्पताल बाजुराले उनलाई रेफर गरेको छ । सुत्केरी बयथा लागेको तिन दिन बिति सक्दा पनि उनलाई सुत्केरी गराउन नसेपछि उनका आफन्तहरु भने चिन्तित बनेका छन । जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुन नसेक पछि प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द हेलिकप्टरको पहल भईरहेको बताएका छन । पछिल्लो समयमा मौसमा अति नै खरावी आए संगै उनलाई जिल्ला बाहिर लिन हेलिकप्टर नसकको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मौसम सुधार भए लगतै उनको हेलिकप्टर बोलाएर उद्धार गरिने प्रमुख जिल्ला अधिकारीले बताएका छन । आज नै उनलाई लिन नेपाली सेनाको हेलिकप्टर काठमाडौबाट आउने तयारी रहेको प्रमुख जिल्ला अधिकारीको भनाई रहेको छ ।