बाजुरा– साँफे मार्तडी अन्तर्गत पर्ने अमकोटको अवरुद्ध बाटोको एक हप्ता भित्रै ट्रयाक खोलिने भएको छ । कन्सन बाजुरामा जिरो प्वाइन्ट मानेर उक्त बैकल्पिक वाटोको ट्रयाक खोलिने भएको हो । बुढीगंगा नगरपालिकाको सातौँ नगर सभावाट बैकल्पिक बाटो खोल्ने निर्णय भएको हो ।
अमकोटको कन्सन बाजुराबाट बडीमालिका नगरपालिकाको सिमाना जोड्ने हरडे खोला सम्म बैकल्पिक बाटाको ट्रयाक खोल्न पहल भएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताउनु भएको छ ।
श्रावण १४ गते नगरसभावाट ट्रयाक खोल्ने निर्णय भए पछि श्रावण १९ गते सर्वदलिय बैठक बसी उक्त ट्रयाक खोल्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी, सडक बिभागका प्रतितिनी र नगरपालिकाका पदाधिकारीहरुको सर्बदलिय बैठकले तत्काल बैकल्पिक बाटोको ट्रयाक खोल्ने निर्णय गरेको नगर प्रमुख बानियाँले जानकारी दिनु भएको छ ।
सो बैकल्पिक सडकको ट्रयाक खोल्न लाग्ने लागत बुढीगंगा नगरपालिका र सडक बिभागले बेहोर्ने पनि उनले बताएका छन । नगरपालिकाको आर्थिक लगानी र सडक बिभागको डोजर प्रयोग गरी ट्रयाक खोल्ने काम श्रावण १९ गतेबाट सूरु भै सकेको छ ।
यसरी लामो समय सम्म पुरानो स्थानिय सरकारले यस बिषयमा चिन्तन र चाँसो नराखेकोले आफु निर्वाचित भै सके पछि आफुले अमकोटको बाटोको बिषयमा पहिलो चिन्ता भएर नगरसभावाट नै बैकल्पिक बाटोको तत्काल ट्रयाक खोल्ने निर्णय गरेको नगर प्रमुख बाँनियाँको भनाई रहेको छ ।
कन्सन बाजुराबाट बडीमालिका नगरपालिकाको हरडे खोला सम्म जोड्ने ४ किलोमिटर सडकलाई एक हप्ता भित्रै काम सम्पन्न गरेर नियमित रुपमा यातायात मार्तडी सम्म सूचारु हुने नगर प्रमुख बानियाँले बताएका छन । श्रावण १४ गते सम्पन्न भएको नगरसभाको निर्णयहरुलाई पत्रकार सम्मेलन गर्दै अमकोटको बाटोलाई बैकल्पिक बाटोको ट्रयाक खोल्ने बिषयलाई पनि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो ।
यसरी बर्षदको समयमा अबरुद्ध हुदै आएको साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने अमकोटको सडकलाई कुनै बैकल्पिक बाटो निर्माण गर्न सकिन्छ कि भन्ने बिषयलाई बिभागले ४ बर्ष अगाडी तय गरिसकेको थियो । सो ठाँउको सडकका लागि बैकल्पिक बाटोको खोजी गर्ने बिषयमा पटक पटक बर्षदको समयमा बर्ष बर्ष जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय बैठक बस्दा पनि तत्कालिन बुढीगंगा नगरपालिकाको स्थानिय सरकारले चाँसो भने राखेको थिएन ।
अहिले आएर नेकपा एमालेबाट विजयी भएका मेयर राम बहादुर बानियाले सो ठाँउको बैकल्पिक बाटोको खोजिका लागि कन्सन बाजुराबाट हरडे खोला सम्म जोड्ने गरी पहिलो निर्णय गरी ट्रयाक खोल्ने कामको थालनी भएर एक हप्ता भित्रै नियमित यातायात संचालन गर्ने प्रतिबद्धता दिए पछि उनि स्थानिय जनताको हितमा काम गर्ने मेयरको रुपमा सावित हुने भएका छन ।
उक्त सडकको बिहिबार एक औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको थियो । उउद्घाटन कार्यक्रम बुढीनन्दा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख तुल्सीराम रोकाया रहनु भएको थियो । त्यस्तै जिल्ला रेटक्रस बाजुराका ममन्त्री रम बहादुर शाही लगायतका ब्यक्तीहरुको उपस्थिति रहेको थियो । बैकल्पिक सडक खोल्न नगर प्रमुख राम बहादुर बानियाँ र जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले रिवन काटेर उद्घाटन गरेको थिए । बिहिबार बाट नै डोजर लगाएर कन्सन बाजुरा देसखि हरडे खोला सम्मको बैकल्पिक सडकको कटान कार्य सूरु गरि सकेको छ । सो ठाँउबाट एक हप्ता मै नियमिति रुपमा यातायात सुचारु गरिने नगर प्रमुख बानियाँले बताएका छन ।
प्रत्येक बर्ष झै यस बर्ष पनि साँफे मार्तडी सडक खण्ड अन्तर्गत अमकोटमा अवरोध हुदै गएको छ । संघिय सरकारको नयाँ संरचना अनुसार २०७४ सालको स्थानिय तह निर्वाचन पश्चातको बुढीगंगा नगरपालिकाको सरकारले यस बिषयमा चाँसो दिन सकेको थिएन । हुन त २०७४ सालको स्थानिय तह निर्वाचनबाट निर्वाचित जन प्रतिनिधीहरुलाई पनि बिभिन्न आरोप प्रत्यारोप आएका नै थिए तर पनि त्यति खेर नगरपालिका कै तालिम हलमा नगर सभा गरेका थिए ।
यस बर्षको सातौँं नगर सभा भने फालाशैनको एक होटेलमा नगर सभा गरेको प्रति बिभिन्न माद्यामबाट टिका टिप्पणी र नगर प्रमुख बानियाँ प्रति बिरोध आइ रहेका थिए । तर पनि नगर सभावाट अवरुद्ध भएको साँफे मार्तडी सडक खण्डको बैकल्पिक बाटोको ट्रयाक खोल्ने निर्णय गरी काम थालनी गरे पछि मेयर राम बहादुर बानियाका लागि एक इटा थपिने देखिन्छ र उनी नगर पालिकाको बिकासका लागि केही फट्को मार्ने मेयरका रुपमा सावित हुँदै उनलाई साहानुभुति मिल्ने देखिएको छ ।
बैसाख ३० गते भएको स्थानिय तह निर्वाचनमा धाँदली भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर पश्चात असाढ २३ गते पुनः निर्वाचन भएको थियो । दोस्रो पटक भएको स्थानिय तह निर्वाचनबाट नयाँ जन प्रतिनिधी निर्वाचित भए पश्चात बुढीगंगा नगरपालिकामा नेकपा एमलेबाट मेयर पदमा राम बहादुर बानियाँ र उप मेयरमा माया कुँवर (खड्का) बिजयी भएका थिए ।
जेठ १० गते नगर सभा सम्पन्न गरि सक्नु पर्ने भएता पनि बुढीगंगा नगरपालिकामा भने असाढ २३ गते पछि मात्र निर्वाचन सम्पन्न भए पछी श्रावण १२ गतेबाट नगर सभा सम्पन्न भएके थियो ।