बाजुरा– शनिबार दिउसो बडीमलिका नगरपालिका वडा नं. ९ सेलाघाट नजिकै जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा मानविय क्षति भने भएको छैन । सदरमुकाम मार्तडीबाट द्वारी जाँदै गरेको जीप सेलाघाट नजिकै दुर्घटनामा परेको हो । दिउसो १ बजे सदरमुकाम मार्तडीबाट द्वारी तर्फ गईरहेको भे. १ प. ७६०१ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

शुक्रबार राति सेलाघाट खोलामा आएको बाढीले साँफे–मार्तडी सडकको सेलाघाटमा वाडीले रोड ढाकेको थियो । उक्त ठाँउमा जिप चिप्लिएर दुर्घटना भएको अनुमान गरिएको छ । बाढीका कारण सडक हिलाम्मे भएकेले जीप अनियन्त्रीत भएर चिप्लिएको बडीमालिका ९ का मिनबहादुर थापाले बताएका छन् ।

जीप सडकमै पल्टिएको छ भने मानवीय क्षती भने नभएको पाईएको छ । जिपमा चालक देवेन्द्र बुढा सहित ५ जना सवार रहेका थिए । जिम दुर्घटना एर पल्टिदा जिपमा मात्र क्षति भएको छ भने मानविय क्षेति भने भएको छैन ।












