
बाजुरा– युवा नेता तथा व्यवसायी राजेन्द्र खत्रीले विश्वभरी फैलिरहेको कोरोना महामारी नियन्त्रणका स्रोत साधन व्यवस्थापनका लागि ५१ हजार सहयोग गर्ने भएका छन् ।
बाजुराको त्रिवेणी नगरपालिका स्थायी घर भई हाल धनगढीमा व्यवसाय गर्दै आएका युवा नेता तथा व्यवसायी खत्रीले बाजुरा जिल्लामा कोरोना संक्रमितको उपचारका लागि जिल्ला अस्पतालमा नै आइसियु, भेन्टिलेटर, अक्सिजन लगायतका स्रोत साधनको अभाव भएको खबर जताततै आएपछि बाजुरा जिल्लाामा कोेरोेना नियन्त्रणका लागि आवश्यक पर्न स्रोत साधन व्यवस्थापन गर्न अभियान सहित आफैबाट सुरूवात गरि नगद रू। ५१ हजार सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले कोरोना नियन्त्रणका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनमा आफ्नो सहयोग रहने बताँउदै हरेक व्यक्तिले कोरोना महामारी संग लड्न आ( आफ्नो क्षेत्रमा सक्दो सहयोग गर्न आग्रह समेत गरेका छन् ।