बाजुरा– करेन्ट लागेर कर्मचरीको मृत्युको कारण बिद्युत प्राधिकरणको लापरवाही भएको आफन्तले आरोप लगाएका छन् । बिहिबार दिउसो जिल्लाको बढीगंगा नगरपालिकाको बल्देमा मृतक भक्त रावललाई करेन्ट लागेको थियो । करेन्ट लागेर सक्त घाइते भएका रावललाई उपचारमा पहल गर्नमा लापरवाही भएको पाइएको छ ।
बिहिबार भएको घटनामा प्राधिकरणका ६ जना कर्मचारीहरु खटाईदा पनि नियूक्ती नभएका भोलेन्टियर ब्यक्तीलाई पोलमा चढाएर न्युन बर्गका कर्मचारीलाई पेन्ले गर्नाले यो घटना घटेको मृतकका आफन्तले आरोप लगाउदै आएका छन् । त्यस्तै करेन्ट लागेको १२ घण्टा बितिसक्दा पनि हेलिकप्टरको ब्यबस्था सम्म नगर्नुले पनि रावलको ज्यान गएको आफन्तको आरोप रहेको छ ।
यता नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बाजुराका सूचना अधिकारीका अनुसार मौसम खरावीका कारण धेरै ठाँउमा बिद्युतका तारहरु मर्मत गर्नु पर्ने भएकोले टिम बिभाजन गरेर कर्मचरीहरुलाई प्रत्येक पोलमा पठाएको बताउनु भएको छ । त्यस्तै स्थानियहरुले नेपाल बिद्युत प्राधिकरणको लापरवाहीका कारण बिगतमा पनि यस्ता घटनाहरु घट्दै आएकाले आगामी दिनहरुमा यस बिषयमा गहन रुपमा चिन्ता लिनु पर्ने बताएका छन । सरकारी कामकाजका लागि जतिखेर पनि जस्तो मौसममा पनि हेलिकप्टर आकासमा घुमाउनु पर्ने तर एउटा सर्व साधारणलाई भई परी आउने दुर्घटना हुँदा सम्म पनि हेरेर बस्नुमा सम्बन्धीत निकायको लापरवाही भएको आरोप समेत लगाएका छन ।
नेपाल बिद्युत प्राधिकरण बाजुराबाट २ जना सुपर्भाजर तह पाँचौका लोकराज जोशी, सागर कुमार सिंह, त्यस्तै दोस्रो तहका प्राबिधिक हेल्पर दुई जना अके बहादुर रावल र मानसिंह ल्वार पनि सोही ठाँउमा खटाइएकोले निजहरु पनि कार्य विभाजन गरी फरक–फरक ठाँउमा गएकोले मृतक रावललाई पनि पोलमा पठाएको सूचना अधिकारीले बताउनु भएको छ ।
बिद्युत मर्मतका लागि ६ जना कर्मचरीहरुको टोली उक्त ठाँउमा टिम बिभाजन गरी खटाएको सूचना अधिकारीको भनाई रहेको छ । बुढीगंगा नगरपालिकाको सेरामा मार्तडीको लाइनको फ्यूज स्वयमले झारेको फ्युज बल्देमा तार टक्रेको पोलमा चढेको उनले बताएका छन् । सेरामा रहेको मार्तडी तिरको बिद्युत लाईनको फ्यूज अफ गरेर पोलमा जम्पर जोड्न चढेका रावलालाई खप्तड छेडेदह गाँउपालिकाको बिद्युतलाइनको तार मार्तडीको लाइन संग जुधेको जानकारी नभएर जम्पर जोड्न लाग्दा करेन्ट लागेको नेपाल बिद्युत प्राधिकरणका सूचना अधिकारी तथा प्रशासन प्रमुख केशवदत्त भट्टको भनाई रहेको छ ।
बिहिबार नै बडीमालिका नगरपालिकाका जनप्रतिनिधी र सहायक प्रमुख जिल्ला आधिकारीले हेलिकप्टरको पहल गर्दा जुम्ला वा सूर्खेतबाट हेलिकप्टर उडाउने तयारी भएको भएता पनि मौसम खरावीका कारण सुखेतबाट उडेको हेलिकप्टर बाजुरा आउन नसकि कालिकोटबाट फिर्ता भएको सूचना अधिकारीको भनाई रहेको छ । बिहिबार बेलुकी साँझ ५ बजे उडाउन स्थानिय जनप्रतिनिधी र प्रशासनले आग्रह गरेको थियो तर पाईलटले साँझ भैसकेकोले हेलिकप्टर उडाउन नसक्ने भन्ने जवाफ दिएकोले हेलिकप्टरबाट निजको उद्दार गर्न नसेकेको सूचना अधिकारी भट्टले बताएका छन् ।
यस बिषयमा नेपाल बिद्युत प्राधिकरणका एमडीसीलाई केन्द्रमा पनि पहल हुदा हुँदै सम्भव नभएको सूचना अधिकारी भट्टले बताएका छन । मृतक रावलको लास अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको छ । मृतकका आफन्त र बिद्युत प्राधिकरण बिच क्षति पुर्तिको लागि सम्झौता भए पछि मात्र लास आफन्तको जिम्मा लगाईने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले बताउनु भएको छ । शनिबार मात्र स्थानिय सरकार जिल्ला प्रशासन कार्यालय, नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बाजुरा र मृतकका आफन्त बिच छलफल पछि दाहसंस्कार गरिने भएको छ ।











