बाजुरा– जिल्लाको पश्चिमी भेगमा पर्ने खप्तड छेडेदह गाँउपालिका वडा नं. १ मा पाटेबाघ (चितुवा) मृत अवस्थामा फेला परेको छ । सो चितुवा वडा नं. १ स्थित रानी सामुदायिक बनमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मंगलार बिहान अन्दाजी ८ बजेतिर उक्त चितुवा मृत अवस्थामा फेला परेको थियो । मृत अवस्थामा फेला परेको चितुवा खप्तड राष्ट्रिय निकुञ्जबाट आएको टोलीलाई बुझाईको छ । यसरी मृत अवस्थामा फेला परेको चितुवा खप्तड छेडेदह गाँउपालिका वडा नंं १ की कार्यपालिका सदस्य सृजना बि.क.ले फोन गरेर जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी दिएको थियो । पाटेवाघ मृत फेला परेको भन्ने खबर पाए पछि नजिकै रहेको अस्थायी प्रहरी केन्द्रबाट प्रहरी टोली खटिगई खप्तड राष्ट्रिय निकुञ्जसंग समन्वय गरेको थियो ।
यसरी निकुञ्जमा जानकारी गराए पछि मँगलबार दिउसो ३ बजे तिर उक्त मृत बाघ खप्तड राष्ट्रिय निकुन्जबाट आएको टोलीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरिक्षक सुर्य थापाले बजानकारी दिनु भएको छ । बाघको लम्बाई ६ फिट २ ईन्च र चौडाई ४ ईन्च रहेको प्रहरीको भनई रहेको छ । मृत फेला परेको चितुवा के कति कारणले ममरेको हो तथ्य विवरण आँउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।