बाजुरा– साहस नेपाल बाजुराको २७ औं जन्मउत्सव मनाइएको छ । साहस नेपाल बाजुरा जिल्लामा पनि सन २०१० देखि लागु भएको थियो । साहस नेपालको २७ औं जन्मत्सवको अवसरमा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

२७ औं जन्मत्सवको अबसरमा चियापान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तुल्सीराम रोकाया प्रमुख अतिथी रहनु भएको थियो भने बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का र उप- प्रमुख नन्दा थापा बिशिष्ट अतिथी रहनु भएको थियो ।

बडीमालिका नगरपालिकाको तालिमहलमा सम्पन्न भएको चियापान कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एबम प्रतिनिधी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

चियापान कार्यक्रममा साहस नेपाल बाजुराले नव निर्वाचित जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुल्सीराम रोकायालाई सम्मान गरिएको थियो । प्रमुख अतिथी रोकायाले दिप प्रज्वलन र ब्यानेर पढेर २७ औँ जन्मत्सव कार्यक्रमको उद्घाटन गरिएको थियो ।

जन्मत्सवको चियापान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तुल्सुी राम रोकायाले जहाँ राज्य पुगेको छैन त्यहा गैर सरकारी संस्था पुगेर विकासमा टेवा पुगेकोमा धन्यबाद ब्यक्त गर्नु भएको छ । कार्यक्रमकाे संच्ञ्चालन साहस नेपाल बाजुराका पिरयाेजना अधिकृत राम खत्रीले गर्नु भएकाे थियाे ।











