बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका वडा नं. १ खेतिपातल बाट ५ पक्राउ परेका छन । जुवा खालबाट नगद रु. १६,१२० सहित ५ जना जुवाडेहरु पक्राउ परेका हुन । पक्राउ पर्नेहरु सबै वडा नं. १ का रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिका वडा नं. १ सल्लेना बस्ने बुद्ध बहादुर कार्कीले सञ्चालन गरेको पसलमा तास खेलिरहेको गोप्य सूचनाका आधारमा उनिहरु भाद्र १ गते पक्राउ परेका हुन ।
उक्त स्थानमा सधै जसो जुवा खेल भईराख्ने गरेको भन्ने गोप्य सुचनाका आधारमा खटिएको प्रहरी टोलीले सिभिल युनिफममा उनिहरुलाई पक्राउ गरेको हो । जुवा तास खेल्ने जुवाडेहरुको नाम भने गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरिक्षक सूर्य थापाले जानकारी दिनु भएको छ । पक्राउ पर्ने जुवाडेहरु यस अघि पनि नगद सहित पक्राउ परेर सफाई पाएर छुटेका थिए ।
पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा फेला पारी पसल धनी र जुवा खेल्ने ५ जनालाई जुवा खेल्न प्रयोग गरिने तासको गड्डी सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको हो । उनिहरुलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तरगत भाद्र २ गते जिल्ला प्रशासन कार्यालय बाजुराबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनु भएको छ ।











