बाजुरा– राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले शुक्रबार हाल सम्म गरेका कृयाकलापहरुको पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । भुमि आयोग बाजुरा जिल्लामा लागु भए पश्चात हाल सम्म आफुले गरेका गतिविधिहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
राष्ट्रिय भुमि आयोग बाजुरामा गत २०७८ साल चैत्र १९ गतेबाट स्थापना भई पदाधिकारीहरु नियूक्त भएका थिए । भुमि आयोगको स्थापना देखि हालसम्म भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले गरेको विभिन्न गतिविधिहरुको बारेमा पत्रकारहरुलाई जानकारी गराएको हो । राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले जिल्लाका ९ वटै पालिकामा सम्झौता गर्ने काम सम्पन्न गरेको,जिल्लाका ५ वटा पालिकाहरुको राष्ट्रिय भुमि आयोग डोटी कार्यालयमा सम्झौता र जिल्लाका ४ वटा पालिकाको काठमाण्डौँ कार्यालयमा सम्झौता गरेको भुमि आयोग बाजुराले जनाएको छ ।
जिल्लाका ५ पालिकामा सम्झौता हस्तान्तरण भईसकेको छ भने ४ पालिकामा सम्झौता हस्तान्तरण हुन बाँकी रहेको समेत जनाइएको छ । त्यस्तै पुराना आयोगले भरेका फारमहरु ४९ वटाको विवरण भिडाउन मालपोत कार्यालय बाजुरामा पुगाइएको तर कुनै पनि विवरण नभेटिएको, जिल्लाका ९ पालिका मध्ये २ पालिकामा सहजिकरण समिति गठन भएको र बाँकी प्रक्रियामा रहेको,भुमिहिन ,दलित भुमिहिन, सुकुम्वासी,र अव्यवस्थीत बसोबासिको लागत संकल सम्बन्धी ३५ दिने सूचना जारी गरिएको, सहजिकरण समिति गठन नगरिएका पालिकामा पटपटक पत्राचार भइरहेको लगाएतका गतिबिधिहरु गरेको राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले जनाएको छ ।
राष्ट्रिय भुमि आयोगले भुमिहिन दलित र भुमिहिन सुकुम्वासिलाइ जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासिका लागि व्यवस्थापन गर्ने काम गर्दै आएको छ । सोहि कार्यका लागि बाजुरामा पनि उक्त आयोग गठन गरिएको हो । साथै बाजुरा भित्रिका भुमिहिन दलित,भुमिहिन सुकुम्वासी र अव्यवस्थित रूपमा बासेबास गर्दै आएका जनताले सूचना प्रकाशन भएको ३५ दिन भित्र फारम भरेर नजिकको वडाकार्यालयमा पेश गरिसक्न हुन राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले अनुरोध गरेको छ ।
राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराका अध्यक्ष जनक रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन सो आयोगका बिज्ञ सदस्य निमेन्द्र शाहीले गरेका थिए । कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण पत्रकारहरुको उपस्तिथि रहेको थियो ।