बाजुराः जिल्लाको जगन्नाथ गाउँपालिका–१ मा पर्ने ढाडाकोट र पिलुचौरमा घरेलु मदिरा तथा जुवातास खेल्न प्रतिबन्ध लगाइएकोे छ । घरेलु मदिरा सेवन गर्दा र जुवातास खेल्दा समाजमा विकृति बढ्दै जाने भएकाले जुवातास खेल्न प्रतिवन्ध लगाइएको छ ।
त्यस्तै सोही ठाँउहरुमा अबैध घरेलु मदिरा र जुवातासमा प्रतिबन्ध लगाइएको जगन्नाथ गाउँपालिका १ नम्बर वडाका वडाध्यक्ष गणेश राज गीरीले जानकारी दिनु भएको छ । जगन्नाथ गाउँपालिका–१ को आज सम्पन्न भएको वडाको छौटौँ बैठक र सरस्वती माविको विद्यालय व्यवस्थापन समितिले सो निर्णय गरेको अध्यक्ष गिरीको भनाई रहेको छ ।
शुसान सहितको शान्त र स्वतन्त्र समाज निर्माण गर्नका लागि वडा कार्यालय र विद्यालय व्यवस्थापन समिति उक्त निर्णय गर्न बाध्य भएको हो अध्यक्ष गीरीले बताउनु भएको छ । उक्त निर्णयको बारेमा कुन्ना प्रहरी चौकीलाई समेत जानकारी गराइसकेको अध्यक्ष गिरीले। यदिको खरब दिनु भएको छ । उक्त निर्णयको कोही कसैले अटेरी वा बेवास्था गरी खुल्ला जुवातास खेल्ने र धरेलु मधिरा सेवन गरी समाजमा खलल पुयाउने काम गरेको पाईएमा कानुन बमोजिम कार्बाही समेत गरिने अध्यक्ष गिरी बताउनु भएको छ ।











