बाजुराः जिल्ला सदरमुकाम मार्तडीका हाेटेल तथा पसलहरूमा अबैध घरेलु मधिरा नष्ट गगिरएकाे छ । एक सय लिटर अबैध घरेलु मधिरा बाजुरा सदरमुकाम मार्तडीमा करिब एक दर्जन पसलहरुबाट अबैध घरेलु मदिरा नष्ट गरिएको छ । मार्तडी बजार अनुगमन गर्ने क्रममा बडिमालिका नगरपालिका वडा न. ८ र ९ मा रहेका होटल, पसलहरुबाट एक सय लिटर अबैध घरेलु मदिरा फेला पारी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा पत्रकारहरुको संयुक्त अनुगमन टोलीले उक्त अबैध मदिरा बरामद गरी बडिमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको नयाँ बसपार्कको छेउमा नष्ट गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराको अबैध घरेलु मदिरा नियन्त्रण कार्यक्रम अन्तर्गत प्रहरी समुदाय साझेदारीमार्फत् समुदायमा मदिरा प्रयोगबाट हुने झैझगडामा कमि ल्याउन यो अभियान गरिएको हो ।
यसलाइ निरन्तरता दिइने प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बहादुर बोगटीले बताए। सदरमुकाम मार्तडीमा अबैध घरेलु मदिरा प्रशस्त रहेको आन्तरिक सूचनाका आधारमा अनुगमनलाइ निरन्तरता दिइएको निरीक्षक बोगटीको भनाई छ । सस्तो मुल्यमा पाइने अबैध घरेलु मदिराका कारण युवाहरूले समेत पिउने बानी बसाउने तथा झैझगडाको मुख्य कारण पनि घरेलु मदिरा भएकाले यसको अन्त्यका लागि गरिएको यो अभियानमा नागरिक समाज लगायत स्थानीयले समेत सहयोग गरेका छन् । चामल कुहाएर बनाइने यो मदिरा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने गरेकाले यसको नष्ट गर्ने कुरा सकारात्मक रहेको एक जना स्वास्थ्यकर्मीले बताएका छन् ।











