
चक्र बहादुर अयडी
बाजुरा काठमाण्डौ सम्पर्क समितिका सदस्य गोविन्द विष्टकाे पहलमा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । त्रिवेणी नगरपालिका वडा नम्वर ८ मा रहेको स्वास्थ्य केन्द्रको लागि नेविसंघ नेता गोविन्द विस्टको पहल र मानव सेवा समाज नेपाल अस्ट्रेलियाका सस्थापक केपि सेढाइले स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिड -१९) दिन प्रतिदिन उकालो लागिरहेको अवस्थालाई मध्यनजर गरि त्रिवेणी नगरपालिका वडा नम्वर ८ को स्वास्थ्य केन्द्रलाई सहयोग गरिएको नेविसंघका नेता गोविन्द विष्टले बताए । सो स्वास्थ्य केन्द्रलाई पिपिई पाँच थान , सेनिटाईजर , फेस सिल्ड लगाएतका स्वास्थ्य समाग्री सहयोग गरिएको बताएको छ । त्रिवेणी नगरपालिकामा अन्य वडा को भन्दा अलि बढि जोखिम वडा नम्वर ८ भएका कारणले सहयोग गरिएको विस्टले बताउनु भयो ।
विस्टको पहलमा यतिमात्र नभएर यस भन्दा अघि काठमाण्डौमा घर जान नपाएर अलपत्र अवस्थामा परेका व्यक्तिहरुलाई पनि गाडीको व्यस्था गरि आफ्नाे गन्तव्य तिर पठाई सकेका छन । त्यस्तै २०७७ सालमा आएको बाढि पहिरोमा परेका व्यक्तिहरुलाई पनि राहात हस्तान्तरण गरिएको हो । सो समाजले ७७ ओटै जिल्लामा आफ्नो सेवा पुर्याउने उदेश्यले टिकटक को माध्यम बाट सामाजिक कार्य गर्दै आउनु भएका मानव सेवा समाज नेपाल अस्ट्रेलियाका संस्थापक केपि सेढाई ले जो आर्थिक अभावका कारण रोग लाग्दा उपचार गर्न समस्यामा परेका छन त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । संस्थापक सेढाईले नेपालका दुर्गम जिल्लाहरुमा स्वास्थ्य सामग्रीहरु सहयोग गर्दै आएको र आवश्यक परे थप सेवा पुर्याउने बताउनु भएको छ ।