बाजुरा– बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कार्यालयले धरेलु मधिरा तथा लागु औषध दुर्वेसन नियन्त्रण गर्ने प्रयास सूरु गरेको छ । सदरमुकाम मार्तडीमा दिन प्रतिदिन बिभिन्न खालका हिँसाहरु बड्दै गएकोले यस्ता कु कार्यरुको नियन्त्रण गर्न वडा कार्यालय लागेको बताएको छ ।
सदरमुकाम मार्तडीमा सहरीकरण बढ्दै गएकोले बिभिन्न खालका घटनाहरु घट्दै आएका छन् । समाजमा बिभिन्न घट्नुको मुख्य कारण धरेलु मधिरा तथा लागु औषध दुर्वेसन भएको वडा कार्यालयको ठम्मयाई रहेको छ ।
आइतबार वडा कार्यालयले आयोजना गरेको धरेलु मधिरा तथा लागु औषध दुर्वेसन नियन्त्रण सम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, नागरिक समाज, वडा समितिका सदस्य र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
अन्तक्रिया कार्यक्रममा उपस्थित ब्यक्तीहरुको राय तथा सूझाव संकलन गरी धरेलु मधिरा तथा लागु औषध दुर्वेसन नियन्त्रण गर्न पहल गर्ने वडा कार्यालयले निर्णय गरेको छ । वडा नम्बर ९ को वडा कार्यालयले वडीमालिका नगरपालिका र वडा नं. ८ को वडा कार्यालय संग समन्वय गरी इजाजत पत्र प्राप्त मधिरा ब्यापारीहरुलाई बिक्रि बितरणका लागी समय मापदण्ड तय गरीएको छ । इजाजत प्राप्त मधिरा ब्यापारीहरुले साँझा ७ बजे देखि राती ९ बजे सम्म मात्र किन वेच गर्न पाउने गरी प्राब्धान लगाउने निर्णय गरेको छ ।
त्यस्तै इजाजत प्राप्त नगरेका घरेलु मधिरा उत्पादक तथा घरेलु मधिरा सेवन गरी समाजलाई असर पर्ने गरी नकारात्मक वातावरण सृजना गर्ने ब्यक्ती तथा ब्यापारीहरुलाई मधिरा बिक्रि वितरण ऐन अनुसार नियमानुसार कार्वाही गर्नेै निर्णय समेत गरेको छ । वडा कार्यालयले वडा नं. ९ भित्रको फेहोरलाई ब्यबस्थित पार्न सबै वडा बासीहरुले घरघरमा जुठान, फोहोर फाल्ने डस्विन प्रयोग गरी आफ्नो आफ्नो टोललाई सफा राख्न अनुरोध समेत गरेको छ ।
अन्तरक्रिया कार्यक्रम वडा नं. ९ का वडा अध्यक्ष सूर्यकिरण बिकको अध्यक्षतामा सम्पन्न भएको हो भने अन्तरक्रिया कार्याक्रमका प्रमुख अतिथी नेकपा एमले जिल्ला कमिति सदस्य काल्चे दमाई रहनु भएको थियो भने बिशिष्ट अतिथी नेपाली काँग्रेसका जस बहादुर बिक रहनु भएको थियो । कार्यक्रममा प्रहरी निरिक्षक रविन्द्र कठायत, नेकपा माओवादी केन्द्रका भन्द्र थापा, एकिकृत समाजबादीका किट्टो ल्वार, कार्यपालिका सदस्य राजेश पायल, समाज सुधार युवाक्लवका अध्यक्ष प्रेम नेपाली र रेडियो पौरखीका स्टेशन मेृनेजर राम बहादुर दानी लगायतको उपस्थिति रहेको थियो थियो । कार्यक्रम वडा नं. ९ को वडा कार्यालयको सभाहलमा सम्पन्न भएको हो ।











