बाजुरा– नेपाली काँग्रेस जिल्ला कार्यसमिती बाजुराले काँग्रेस नेता प्रदिप गिरीको निधन प्रती शोक सभा सहित दुख व्यक्त गरेको छ । पिपी स्मृती भवनमा अनौपचारिक कार्यक्रमका विच स्वगिय गिरीको निधन प्रति नेपाली काँग्रेसका सहमहाँमन्त्री बर्दी प्रसाद पाण्डे,सभापती रामसिंह रावल लगाएतका नेता तथा कार्यकताहरुले फोटामा माल्यापण गरी हार्दिक श्रद्धानजली व्यक्त गरेका हुन ।
नेपाली काँग्रेस बाजुराले गिरीको निधन प्रति शोक सन्तप्त परिवारजन प्रती गहिरो समवेदना प्रकट गर्दै भाद्र ९ गते सम्म पाटीको आधा झण्डा झुकाउने र पाटीको औपचारिक रुपमा कुनै कार्यक्रम गर्ने समेत जनाएको छ । ‘वौद्धिक व्यक्तित्व, वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ,नेपाली काँग्रेस बाजुराले जनाएको छ । गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भएको पनि सहमहामन्त्री पाण्डेले भन्नु भयो । पाण्डेले गिरिप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।











