बाजुरा- हिमाली गाउँपालिका कोभिड १९ विरुद्धको फाईजर खोप अभियान संचालन गरिने भएको छ ।
हिमाली गाउँपालिकाको आयोजना र जिल्ला स्वास्थ कार्यालय बाजुरा संगको समन्वयमा कार्यक्रम गरिने भएको छ । कोभिड१९ रोगको रोकथाम तथा नियन्त्रणको लागि ५ वर्ष देखि ११ उमेर सम्मको बालबालिकाहरुलाई यो खोप लगाइने गरिने छ । फाइजर बायोएनटेक खोप अभियान २०७९ भाद्र ८ गते देखि १० गते सम्म हिमाली गाउपालिकाका भित्रका सबै खोपकेन्द्रबाट संचालन गरिने छ ।
खोप सेवा आफूलाई पायक पर्ने नजिकैको खोप केन्द्रमा सम्पर्क राखी आफ्नो नानी बाबुहरुलाई कोभिड १९ विरुद्ध खोप लगाइ रोग लाग्नबाट सुरक्षित राख्ने हाम्रो अभियान हो। गाउँपालिका अन्तर्गत सबै समुदाय नजिकै स्वास्थ संस्थात तथा केन्द्रमा खोप हिमाली गाउँपालिकाका १ हजार ८ सय ८९ बालबालिका, ५ वर्ष देखि ११ उमेर सम्मको बालबालिकाहरुलाई खोप लगाउने गरिने हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ











