बाजुरा– बडीमालिका नगरपालिका वडा नं. ९ सेलाघाटका बाढी पिडितहरुले राहत नपाएको गुनासा गरेका छन् । बाढी पिडित सेलाघाटका स्थानियले बाढीले क्षति गरेको भन्दै राहातका लागि नगरपालिका संग माग गरेका थिए । नगरपालिकालाई राहात उपलव्ध गराउन माग गरेको भएतापनि नगरपालिकाले सुनुवाई नगरेको स्थानियले दुखेसो पोखेका छन् ।
स्थानियका अनुसार श्रावण २० सो ठाँउमा पहिरो जाँदा ३ धरहरुमा पुर्ण रुपमा क्षति भएको थियो । वाढीबाट १०० बोरा धान फल्ने खेति योग्य जमिन पुरिएको थियो । यसरी प्राकृतिक प्रपोकका कारण भएको क्षतिको जिल्ला प्रहरी कार्यालय बाजुराले मुचुल्का तयार पारेको थियो । सो मुचुल्का जिल्ला प्रशासन कार्यालय बाजुरामा लिई नगरपालिकाबाट राहतका लागि सिफारिस भएको भएता पनि नगरपालिकाले राहत सिदनमा वास्ता नगरेको पहिरोवाट पिडित स्थानियहरुले बताएका छन ।
फाँटमा आएको सिफारिस अनुसार नगरपालिकाले दिएको निर्देशन अनुसार क्षतिपुर्ति दिने नगरपालिका कृषि साखाका कृर्षि प्राविधिक प्रेम बहादुर महत बताउनुहुन्छ।
जिल्ला प्रसाशन कार्यालय बाजुराबाट बडीमालिका नगरपालिकाको कार्यालयलाई क्षतिको बिवण सहित पुष्टी गरी राहत दिलाउन सिफारिस भएता पनि नगरपालिका भने वेखबर रहेको स्थानियको भनाई छआरोप रहेको छ । तर बाढी पिडित स्थानियको गुनासोलाई सम्बोधन गर्नका लागी नगरपालिकाले आवश्यक पहल गरिरहेको नगरपालिकाको दावी छ ।
जिल्ला सिचाई कार्यालय बाजुराबाट वाढीले क्षेति पु¥याएको ठाँउमा तारवाड लगाउन तार जाली मात्र उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले बडीमालिका नगरपालिका कृर्षि शाखालाई सिफारिस गरेको भएता पनि राहत दिन वेखबर रहेको वाढीबाट पीडित स्थानियहरुले आरोप लगाएका छन् ।











