बाजुरा– जिल्लाका अधिकाङ्स बस्तीहरु अहिले सम्म टेलिकमको सेवाबाट बञ्चित रहेका छन । सदरमुकाम मार्तडी नजिकैका बडिमालिका नगरपालिका ६ र वडा ७ का बस्तीहरु सञ्चारको पहुँचबाट टाढा रहेका छन । यस क्षेत्रका स्थानीयहरु मोवाइल नेटवर्कले काम नगरेपछि फोन गर्नका लागि अग्लो स्थानमा धाँउनु परेको छ । सदरमुकाम र नगरपालिका भित्रकै केही गाउँका स्थानियहरु सञ्चार सुविधाबाट वञ्चित हुदै आएका छन ।
नेपालमा संघियता आए पशचत टेलिफाेन टावरको निर्माण भएको भएता पनि ति टावरहरु संचालनमा नआउदा बाजुराका अधिकाँश नागरिकले संचारको सेवाबाट टाढा रहनु परेको बध्यता देखिन्छ । देश भरी सबै स्थानहरुमा संचारको सहज पहुँच पु¥याउने लक्ष राखिएको भएता पनि जिल्लाको बडिमज्ञालिका वडा न ६ र ७ भने अझै सम्म केही ठाँउहरुमा सञ्चार सेवाबाट वञ्चित हुनु परेको छ । त्यस ठाँउका स्थानियहरुले आफन्त्लाई महत्वपुर्ण फोन गनु परेर्मा गाउँबाट करिव ३० मिनेट हिडेर अग्लो डाडाँमा गएर फोनमा कुरा गर्नु पर्ने वाध्यता जेनको तन नै रही आएको छ ।
केही महिना अगाडी बडिमालिका वडा न १ को वाझ खर्कमा रहेको टावरले काम गरिरहेको भए पनि अहिले वडा न ६ र ७ मा फोन नलाग्ने भएको स्थानिय नरेश बडुवालले गुनासो गरेका छन । वडा न १ मा रहेको टेलिकमको खरावी आएपछि बडिमालिका नगरपालीका ६ कोर्ध र जडाङगा, बडिमालिका नगरपालिका वडा न ७ जिल्ली रजातोली ढम्कने र सिराडी लगायतका बस्तीहरुमा फोन नलाग्ने गरेको स्थानियले गुनासो गर्दै आएका छन । बडिमालिका १ पिनालेख स्थित रहेको नेपाल टेलिकमको टावरमा गएको असारदेखि नै खराबी आए पनि हालसम्म मर्मत नगरिँदा स्थानीय सेवाग्राही टेलिफोन सेवाबाट वञ्चित हुनु परेको स्थानियले बताएका छन् ।
नेपाल टेलिकमको कार्यालयलाई खराबी आउना साथ खबर गरे पनि हालसम्म चासो नदिएको स्थानीय वासीहरुको आरोप रही आएको छ । यता फोन नेटवर्कको टावरमा आएको खराबीबारे नेपाल टेलिकम बाजुरालाई जानकारी गराउँदा केही दिनमा नै मर्मत हुने जनाएको छ ।











