बाजुरा– बिप्लवले गरेको नेपाल बन्दको प्रभाव बाजुरा बाजुरामा भने खासै परेको छैन । बन्दको आह्वन गगर्दै हिडिरहेको बिप्लव नेतृत्व नेपाल कम्युनिष्ट पाटीका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बाजुरा जिल्लामा बन्द गर्न खोज्ने विप्लब समुहका १० जना पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा मार्तडीमा ३ जना र कोल्टी क्षेत्रमा ७ जना रहेका छन । सदरमुकाम मार्तडीबाट पक्राउ पर्नेमा कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भुपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटि सदस्य सुक नेपाली रेहेका छन भने जिल्लाको जगन्नाथ गाउँपालिका पिलुचौरबाट प्रकाउ पर्नेमा नविन विक, विर्सिङ विक, सिरसिर शाही ठकुरी, संगित चदारा, बिकास कडारा र प्रकाश चदारा गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बहादुर बोगटीले जानकारी दिनु भएको छ । बाजुरामा आज नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछी सुरक्षामा कडाई गरिएको छ ।
लामो दुरीको सवारी सधान चलेका छैनन छोटो दुरीका सवारी साधान छुटपुट रुपमा चलिरहेको प्रहरीले जनाएको छ । बाजुराका प्राइभेट बिद्यालयहरू पनि बन्द भएका छन । नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले हिजो बेलुका जिल्लाको जगन्नाथ गाउँपालिको पिलुचौमा राँके जुलुस सहित सरकारको विरोध गरेको थियो ।











