युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
424 पटक पढिएको

बाजुरा–बाजुरा जिल्लामा दुुइसाता देखी सिजनल भाइरल ज्वरोको प्रकोप फैलिएको छ । जिल्लाका सबै स्थानिय तहमा यसको प्रकोप बढेको पाईएको छ । सिजनल भाइरल ज्वरोले सबै भन्दा बढी बालबालिकामा संक्रमण देखिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

बालवालिकामा देखिएको संक्रमणले झनै जटिल रुप लिन थालेको छ । दिनप्रतिदिन विरामीको संख्यामा वृद्धि हुदै गएपछि संक्रमण जटिल प्रकारले फैलिन थालेको स्वास्थ्य कर्मीहरुले बताएका छन् । अस्पताल बाजुरामा स्वास्थ्यकर्मी समेत भाइरल ज्वरोको संक्रमणमा परेको अस्पताल बाजुराका प्रमुख डा. मिलन जोशीले वताएका छन् । स्वास्थ्यकर्मीनै बिरामी परेपछि उपचारमा समस्या भएको जोशीले वताए ।

अस्पताल बाजुराका अधिकांश स्वास्थ्यकर्मी समेत बिरामी परेका छन् । मौसमी संक्रमण जस्तो देखिएपनि ज्वरोको मात्रा र निमोनियाको संक्रमण व्यापक भएकोले परिस्थिति जटिल बन्दै गएको छ । जिल्ला अस्पताल बाजुरामा मात्र दैनिक बिस देखी तिस जना भाइरल ज्वरोका बिरामी उपचारमा आउने गरेका छन् । त्यस्तै खप्तड छेडेदह गाउँपालिका पनि बालवालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्वास्थ्य संयोजक रमेश वलीले वताएका छन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरलका बिरामीको संख्या बढिरहेको छ । जिल्ला अस्पताल बाजुरामा दैनिक ५ जना भन्दा बढीलाई अक्सिजनको साहयतामा उपचार गर्नुपरेको छ । १ सय देखि १ सय ५ डिग्रीसम्म ज्वरो आएका र निमोनिया, खोकी र पखालाका कारण थला परेका विरामी आउने गरेका छन् ।

विरामी दिनप्रतिदिन धान्नै नसकिने गरी आउने गरेको जिल्ला अस्पताल बाजुराका स्टाफ नर्स निशा रोकायाले बताएकी छन् । भाइरल ज्वरोका बिरामी स्वास्थ्य संस्थामा मात्र नभई निजि मेडिकलमा पनि उल्लेखनिय मात्रामा उपचारमा आउने गरेका छन् । दैनिक ४० देखि ५० जना आफूले मात्र उपचार गर्ने गरेको मार्तडीमा निजि मेडिकल सञ्चालन गर्दै आएका रामचन्द्र यादवले बताएका छन् । विद्यालय जाने बालबालिकाबाट नै घरमा रहेका साना बालबालिकामा संक्रमण फैलिएको यादवको भनाई रहेको छ ।

संक्रमण २ महिना देखि ५ वर्ष उमेर समूहका बालकालिमा बढी देखिएपनि विरामी १० वर्षसम्मका बालबालिकामा पनि देखिएको छ । जिल्ला अस्पतालले ५ वर्ष यताकै भयानक र जटिल संक्रमण देखिएको बताएको छ । एकै महिना सयैको संख्यामा बालबालिका विरामी भएर उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना हुनु निकै जोखिम र खतराको अवस्था देखिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर मिलन जोशीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!