बाजुरा– पीसविन बाजुराले लैङ्गिक हिँसा निवारण सम्बन्त्री एकदिने अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ । समुदायमा हुने लैङ्गिक हिँसा लाई न्युनिकरण गर्न पिसविन बाजुराले खेलेको भुमिका बारे गोष्टीमा छलफल भएको थियो । महिला तथा बालबालिका सम्बन्धी काम गर्ने जिल्लाका सरकारी तथा गैर सरकारी निकायहरुले बाषिृक रुपमा लैङ्गिक हिँसा सम्बन्धी कामको प्रतिवेदन प्रस्तुत गर्दै आइपर्ने चुनौतिका बिषयमा प्रष्ट पार्नु भएको थियो ।
पीसविन बाजुराले जोडी समुहमा गरेका कामको पनि समिक्षा गरेको थियो । लैङ्गिक हिँसा सम्बन्धी जोडी समुहको सामिप्यताले एक आपसको सम्बन्धलाई प्रघाट पारेकोमा समुदायमा हुने लैङ्गिक हिँसा न्युन गर्न सहज भएको बताइएको छ ।
बडीमालिका नगरपालिकाको तालिमहलमा सुम्पन्न भएको लैङ्गिक हिँसा सम्बन्धी एकदिने अन्तरक्रियात्मक गोष्टी बडीमालिका नगरपालिकाकी नगर उप प्रमुख नन्दा थापाको अध्यक्षतामा सम्पन्न भएको हो । गोष्टीमा बोल्ने अधिकाँस ब्यक्तीहरुले समाजमा हुँने लैङ्गिक हिँसा न्युनिकरण र समाधान गर्न सबै निकायहरुले पहल गरेकोले समाजमा हुने घटनाहरु केही कम भएको बताएका छन ।