
बाजुरा– जिल्लामा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सक्रमित थपिएका छन् । मंगलबार गरिएको परिक्षणमा ३४ जना संक्रमित थपिएसंग जिल्लामा संक्रमितको संख्या तीन सय ५३ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
संक्रमित भएका तीन सय ५३ जनामा हाल निको हुनेको संख्या एक सय ७ पुगेको छ । संक्रमित भएका ३५३ जनामा दुई सय १८ जना होमआइसोलेस र २४ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले जानकारी दिएका छन् ।
मंगलबार गरिएको एन्टिजेन प्रविधीबाटको कोरोना परिक्षणमा बडीमालिका नगरपालिकामा एक जना,बुढीगंगा नगरपालिकामा ६ जना,बुढीनन्दा नगरपालिकामा ११ जना,त्रिवेणी नगरपालिकामा एक जना र हिमाली गाउँपालिकामा १५ जना गरी ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको निमित्त प्रमुख चन्दले बताए ।