बाजुरा– नेपाली काँग्रेस बाजुराले पाटीमा लगनशिल रुपमा काम गरेको उच्च मुल्याङ्कन गर्दै त्रिवेणी नगरपालिका वडा नं. ९ बाँगापाटा स्थायी घर भएका दीपक साँउदलाई जिल्ला कार्य समिति सदस्यमा मनोनित गरेको छ ।
नेपाली काँग्रेसको बिधान २०१७ को शंसोधन २०७५ को नियमावली २०७६ को कार्यविधि ५६ को उप नियम २ वमोजिम साँउदलाई जिल्ला कार्य समिति सदस्यमा मनोनित गरेको हो । नेपाली काँग्रसेको विधानमा रही लोकतन्त्रको मुल्य र मान्यता अनुरुप इमान्दारीता पुर्वक पाटीले दिएको जिम्मेवारी बहन गर्दै काँग्रेसको संगठनलाई थप उचाईमा पु¥याउन महत्वपुर्ण भूमिका निर्वाह गरेकोले साँउदलाई नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको पाटी सभापति रामसिंह रावलले बताउनु भएको छ ।
नेपाली काँग्रेस बाजुरालाई थप उचाईमा पुर्याउन पनि सभापति रावलले आमन्त्रित जिल्ला कार्यसमिति सदस्यसाँउदलाई अनुरोध गर्नु भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पदमा आमन्त्रित सदस्यमा मनोनित भएकोमा काँग्रेस बाजुराले बधाईका साथै कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।











