युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
99 पटक पढिएको

काठमाडौंः  एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार नपुगेको लामो समय भएको थियो। त्यो दूरी घटाउँदै बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग करिब डेढ घण्टा छलफल गरे। उनले विभिन्न विषयमा प्रधानमन्त्रीको कडा ध्यानाकर्षणसमेत गरे।
एमाले अध्यक्ष ओलीले छलफलमा केही विषयमा सरकारलाई सचेत गराएका छन्। उनले सत्ता गठबन्धन स्वेच्छाचारी भएको भन्दै संसद्मा सबैभन्दा ठूलो दल एमाले पनि रहेको हेक्का राख्न चेतावनी दिएको बालुवाटार स्रोत बताउँछ। उनले शान्ति प्रक्रिया, नागरिकता विधेयक, महँगीरभ्रष्टाचार, प्रतिपक्षसँग सल्लाह नै नगरी निर्वाचन घोषणालगायत विषयमा गम्भीर चासो देखाएका छन्।

ओलीको करिब ६ महिनापछि प्रधानमन्त्री देउवासँग भेट भएको हो। उनी गत फागुन ५ गते एमसीसीलाई निकास दिने सन्दर्भमा प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए। बुधबारको भेटमा दुवै शीर्ष नेताबीच विभिन्न बुँदामा छलफल भएको नेताहरूले बताएका छन्।

ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा गम्भीर चासो राखे। एमालेले प्रमुख प्रतिपक्षीसँग सल्लाह नै नगरी सरकारले एकलौटी ढंगले यो विधेयक संसद्मा पेस गरको आरोप लगाउँदैै आएको छ। ओलीले यति संवेदनशील विषयमा एक्लै अघि बढेर कतै नपुगिने भन्दै ध्यानाकर्षण गराए। संसद्मा ठूलो दल रहेको एमालेसँग छलफल नै नगरी अघि बढेकाले आशंका उत्पन्न भएको उनले बताए।

उनले सभामुख अग्निप्रसाद सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोक पुगेर संक्रमणकालीन न्याय प्रक्रियामा सल्लाह नै नगरी विधेयक ल्याएकाले सम्हालिएर अघि बढ्न चेतावनी दिएका थिए। उनले कानुनमन्त्री गोविन्द कोइराला ‘बन्दी’माथि एक्लै म सबै गर्छु अनि हिरो हुन्छु भनेर लागेको भनी टिप्पणी गरेका थिए। यो विधेयक सत्तापक्षको बहुमत छ भनेर पारित गरे च्यातिने चेतावनीसमेत दिएका थिए। ‘शान्ति प्रक्रिया टुंग्याउने भन्दै एक–दुई मन्त्री लागेका छन्। एउटा मन्त्री कुदिरहेको देखिराखेको छु’, उनले भनेका थिए, ‘दिनभरि पीडितहरूलाई कुराएर राखेको छ। परिवारका सदस्यहरू रोएर हिँडेका छन्। तिनको आँसुमाथि मजाक उठाउँदै हिँडेका छन्।’

पीडितहरूका आँसुमा खेलबाड गर्दै शान्ति प्रक्रिया सरकारले टुंग्याएर टुंगोमा नपुग्ने दाबी ओलीको छ। उनले संक्रमणकालीन न्यायमा मेलमिलाप होइन परिपुरण दिनुपर्ने उनको अडान छ। आफ्नो कार्यकालमा पनि यो विषयमा धेरै काम गरेको दाबी ओलीको थियो। तर, यसको प्रमुख जिम्मेवार प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको उनले स्पष्ट पारेका थिए।

एमाले उपाध्यक्ष सुवास नेम्बाङले ओली र देउवाबीच भएको भेटवार्ताको जानकारी दिँदै भने, ‘हामीले सरकारमा हुँदा पनि, प्रतिपक्षमा हुँदा पनि टीआरसीका विषय टुंग्याउने सकारात्मक नै छौं भन्यौं। यसमा मुख्य जिम्मेवार व्यक्ति भनेको शेरबहादुरजी र प्रचण्डजी नै हो। तर, यसलाई टुंग्याउन हामी सधैं सकारात्मक छौं भन्यौं। सरकारमा हुँदा हामीले यसलाई धेरै अगाडि बढायौं। तर, गठबन्धन एक वर्ष त्यसै सुतेर बस्यो ।’ द्वन्द्वपीडितले विभिन्न मागसहित आन्दोलन गरिरहेकाले उनीहरूको पनि कुरा सुन्न प्रधानमन्त्रीलाई आग्रह गरिएको उपाध्यक्ष नेम्बाङले बताए। ‘अहिले हतारमा यसलाई टुंग्याउन खोज्नुभयो। शान्ति प्रक्रियामा हाम्रो सहयोग रहन्छ। यसमा सबैका कुरा सुनौं भन्यौं’, उनले भने ।

मंसिर ४ मा हुन लागेको निर्वाचनमा धाँधली हुने र सरकारले राज्यशक्तिको दुरुपयोग गर्ने आशंका ओलीले देउवासमक्ष राखेका थिए। प्रधानमन्त्रीसँग भएको कुराकारीबारे जानकारी दिँदै नेम्बाङले भने, ‘गठबन्धनले प्रतिपक्षसँगको सम्बन्धलाई निषेधको सम्बन्धका रूपमा अगाडि बढायो। यो ठीक होइन भन्यौँ। लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धामा स्वच्छ चुनाव हुन्छ। चुनाव जसले जित्छ त्यसले सरकार चलाउँछ। सरकार र प्रतिपक्ष दुवै संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध हुनुपर्छ भन्यौं। तर, गठबन्धनले प्रतिपक्षलाई घेराबन्दी गर्नु ठीक होइन भन्दै निर्वाचन तोकिएकै समयमा हुनुपर्छ। निष्पक्ष स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ भन्यौं।’
आजको अन्नपुर्ण पोष्टबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!