बाजुरा– सदरमुकाम मार्तडीमा बिगतलामो समय देखि गुणस्तिरिय शिक्षा प्रदान गर्दैआएको बडीमालिका इङ्लिस बोडिङ्ग स्कुलको तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयकी अध्यक्ष समीक्षा ऐडीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमा जिल्ला अस्पताल बाजुरा मेडिकल अफिसर जस्मिता बालम पख्रिम प्रमुख अथिति रहनु भएको थियो ।
हिन्दु नारिहरूको महान चाड हरितालिका तिजको अबसर पारी स्कुलले तिज विशेष कार्यक्रम मनाएको हो । सानासान बालबालिकाको प्रतिभा प्रस्पुटन गर्ने अबसर संगै नजिकै आउदै गरेको हरितालिका तिजको अबसरले यो समय जुराएको बिद्यालयका प्रिन्सिपल अजय आर्या राणाले बताउनु भएको छ बिद्यालय प्राङ्गगणमा भएको तिज बिशेष शुभकामना आधान प्रदान कार्यक्रमकाम सन्चालन बिद्यार्थी सिर्जना ऐडिले गरेको थियो । तिज बिशेष कार्यक्रममा बिद्यालयले बिभिन्न संस्कृति झल्कने साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरेको थियो ।
बिद्यालय ब्यबस्थापन समिति, अभिभावक र बिद्यार्थीहरुको बाक्लो उपस्थितिमा हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । तिज बिशेष शुभकामना आदान प्रदान कार्यक्रमले बिद्याथी, शिक्षक र अभिभावक विचको समधुर सम्बन्ध प्रघाट गर्दै बिद्यार्थीहरुको अतिरिक्तक्रियाकलाप प्रतिको आकाँक्षा बढाउने रहेको बिद्यालयका प्रिन्सिपल अजय आर्या राणाको भनाई रहेको थियो ।











