युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
551 पटक पढिएको

बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिकाका जनप्रतिनिधि र सीमान्तकृत बर्गका महिलाहरुलाई पेभ कार्यक्रमको सहयोगमा नेतृत्व क्षमताको विकास भएको पाइएको छ । बाजुराका दुईवटा पालिका बडिमालिका र त्रिवेणी नगरपालिकामा विगत तीन वर्षदेखि यो कार्यक्रम लागू छ । ध्यmभलपष्लम ग्प् को आर्थिक सहयोगमा टेवा नेपाल र महिला विकास मञ्च बाजुराको साँझेदारीमा निरन्तर महिलाहरुको सहभागीतामा वृद्धि हुनु तथा महिलाहरुको आवाज बुलन्द गर्ने उदेश्यका साथ यो कार्यक्रम लागू भएको हो ।

पेभ कार्यक्रमले समयसमयमा यी दुई नगरपालिकाका सिमान्तकृत महिला, सम्भावित महिला र जनप्रतिनिधि महिलाहरुको नेतृत्व क्षमताको विकास गर्नका लागि विभिन्न समयसमयमा तालिमहरु संचालन गर्दै आइरहेको छ । यतिमात्र होइन यो कार्यक्रमले त्यहाँका महिलाहरुका अनुसार समुदायका धेरै सीमान्तकृत बर्गका महिलाहरुले पेभ कार्यक्रमको सहयोगमा धेरै सिपमुलक तालिमहरु समेत सिकेका छन् । तालिमसँगै व्यावसाय संचालन गर्नका लागि आर्थिक सहयोग समेत पाएकाछन । जुन सहयोगले महिलाहरुलाई व्यावसायिक बन्न र रोजगारीतर्फ उन्मुख हुन सहयोग पु¥याइरहेकोछ । समुदायका अन्य महिलाहरू पनि ती व्यावसायि महिलाहरूबाट प्रेरित भएर आफैमा आत्मनिर्भर बन्न सक्छन् भन्ने कुराको प्रेरणा पाइरहेकाछन। यसरी पेभ कार्यक्रमले महिलाहरूलाई स्वभावलम्वी आत्मनिर्भर र व्यवसायिक बन्न मात्र सहयोग पु¥याइरहेको छैन । महिलाहरूलाई समयसमयमा क्षमता विकासका लागि विभिन्न तालिमहरु प्रदानगरि महिलाहरूमा नेतृत्व गर्ने क्षमताको विकास गर्न सफल भएको छ ।

महिलाहरु कम्तीमा आफै आफ्नो परिवार पाल्न मात्र सकुन भनेर दिएको तालिम र गरेको सहयोगले आज पुरै समाजको नेतृत्व गर्ने नेताका रुपमा स्थापित गर्न सफल भएको पाइएको छ । पेभ कार्यक्रम लागू भएपछि सो नगरपालिकाका सीमान्तकृत बर्गका महिलाहरूमा क्षमताको विकास हुँदै गएको छ । समयसमयमा पेभ कार्यक्रमका तालिमहरुमा सहभागी हुँदै गर्दा र सो कार्यक्रमबाट आर्थिक सहयोग समेत पाएपछि महिलाहरुमा आत्मनिर्भरता समेत बढेको पाइएको छ । पछिल्लो समयमा महिलाहरु राजनीतितर्फ पनि बढी आकर्षित भएको पाइएको छ । सोही तालिमबाट महिलाहरुमा कार्यक्रम लागू हुनु पुर्व र कार्यक्रम लागू भए पश्चात् आकास पातलको फरक पाइएको हो । आ–आफ्नो क्षमताको विकास हुनुको प्रमुख कारण नै पेभ कार्यक्रम रहेको त्यहाँका महिलाहरुको भनाई छ ।

यी हुन हेर्नुहोस् उदाहरणीय महिलाहरू के परिवर्तन भयो त उहाँहरुको जीवनमा पेभ कार्यक्रमको सहयोगले ?
त्रिवेणी नगरपालिका वडा नं.३ पुर्भुतामा स्थायी घर भएकी बिस्ना साउँद एकल महिला हुन । उहाँको २१÷२२ वर्षको उमेरमै श्रीमानको विजुलीमा करेन्ट लागेर मृत्यु भयो । उहाँको साथमा १ छोरा मात्रै छन । त्रिवेणीमा पेभ कार्यक्रम लागू हुनुभन्दा पुर्व त्यतिबेला विभिन्न चुनौतीहरु भोग्नु परेको उहाँले बताउनुभयो । तत्कालीन समाजमा एकल भएका कारण कोहि पुरुषसँग बोल्दा पनि शंका गर्ने विभिन्न पीडा कष्ट यातनाहरु खेप्नुपर्ने अवस्था थियो । जुन परम्पराले हालसम्म पनि निरन्तरता पाइरहेको छ । त्यतिबेला समाजले पनि नराम्रो आरोप लगाउने र नराम्रो दृष्टिकोणले हेर्ने गरेको उहाँको भनाई छ । यतिमात्र होइन उहाँ कुनैपनि महिला समुह र सहकारीहरुमा आवद्ध हुनुहुदैन थियो । उहाँलाई अहिले जस्तो कसैले पनि वास्ता समेत गर्दैन थिए । उहाँले यो कार्यक्रम लागु हुनुभन्दा पहिला कुनैपनि तालिम गोष्ठीमा समावेश हुन पाउनु भएको थिएन तर women kind uk को आर्थिक सहयोगमा त्भ Tewa nepal र महिला विकास मंचको साँझेदारीमा त्रिवेणीमा पेभ कार्यक्रम लागू भयो त्यसपछि पेभ कार्यक्रमका विभिन्न क्रियाकलाप तालिम गोष्ठी र बैठकमा सहभागी हुन पाउँदा आफुमा धेरै परिवर्तन आएको उहाँले बताउनुभयो ।

पेभ कार्यक्रमबाटै नेतृत्व क्षमता र उद्यमशीलता तालिम लिएर व्यवसायमा आफू लागेको उहाँको भनाई छ । व्यवसाय संचालनका लागि उहाँले नगद २० हजार रुपैयाँ पाउनुभयो त्यही रकमबाट व्यवसाय संचालन गर्नुभयो । अहिले उहाँले व्यवसाय संचालनगरि धेरै राम्रो आम्दानी समेत गरिरहनु भएको छ । पेभ कार्यक्रमकै सहयोगले संचालन गरेको व्यवसायबाट उहाँले नयाँ घर निर्माण समेत गर्नुभएको छ । ५÷६ वटा बाख्रा खरिद पनि गर्नुभएको छ । त्यति मात्रै नभइ विभिन्न महिला समुहमा बचत समेत गर्दै आउनु भएको रहेछ । महिला समूह देखि ७ वटा अन्य वित्तीय संस्थाहरुमा वचत गर्ने गरेको उँहाले बताउनुभयो । पेभले गर्दा अहिले वडा र पालिकाबाट पनि सहयोग पाउने गरेको र महिला समूह, महिला सहकारी, वित्तीय संस्थाहरु र आमा समूहहरुमा मुख्य पदमा बसेर काम गर्ने अवसर पाएको समेत उहाँको भनाई छ । बोल्ने क्षमताको वृद्धि हुनुका साथै जिम्मेवारी पूर्ण काम गर्ने सक्ने क्षमताको विकास पनि पेभ कार्यक्रमकै सहयोगमा भएको उहाँको निष्कर्ष छ । १० लाखको खाती पधेँरा खाने पानी उपभोक्ता समितिको कोषाध्यक्ष भएर पनि काम गरिसक्नु भएको छ । अहिले विभिन्न उपभोक्ता समितिको नेतृत्व समेत उहाँले गर्दै आइरहनु भएको छ । यो अवस्थामा पुग्नु पेभ कार्यक्रमको नै देन हो उहाँले भन्नुभयो ।

यि हुन बिस्ना साउँद 

यस्तै सोही नगरपालिका वडा नं.१ छतारामा बस्ने निर्वाचित महिला खिमा देवी बुढाको जीवनमा पनि पेभ कार्यक्रमको सहयोगले ठूलो परिवर्तन आएको पाइएको छ । बुढा ७४ सालको निर्वाचित जनप्रतिनिधि महिला हुनुहुन्छ । पेभ कार्यक्रमले आयोजना गरेको नेतृत्व क्षमता विकासका तालिमहरुमा सहभागीता बन्ने अवसर पाएर नै जनप्रतिनिधि गर्ने काम कर्तव्य र जिम्मेवारीको विषयमा जानकारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो पहिले हामी जनप्रतिनिधि महिलाका नाममा मात्रै सिमित थियौँ । राजनीतिको र भन्ने शब्द नै थाहा थिएन । पेभ कार्यक्रमले गर्दा नेता र नेतृत्वको बारेमा राम्रोसँग बुझ्न पाइयो अझ त्यति मात्रै नभई राजनीति गर्नलाई आफुसँग पुजि हुनुपर्ने कुराको ज्ञान बढाउन सहज पु¥याउनुको साथै उद्यमशीलता सम्बन्धि तालिम दिएर व्यवसासाय गर्नलाई नगद रुपैयाँ ३१५७५ प्रदान गरेर सहयोग पनि गरेको थियो ।

त्यहि रकमले मैले तरकारी व्यवसाय सुरु गरेँ । तरकारी पनि राम्रै फल्यो राम्रो नै आम्दानी भयो । त्यहीँबाट आम्दानी गरेको १ लाख रुपैयाँले सिँचाइ कुलो निर्माण गरेँ । छोराछोरीलाई राम्रो र उच्च शिक्षा पढाउन पनि सहजता भएको छ । उहाँका अनुसार जननिर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकासका लागि नेतृत्व क्षमता विकास सम्बन्धि तालीमको आयोजना पेभ कार्यक्रमले गरेको थियो । उक्त तालीमहरुमा बुढा पनि पटकपटक सहभागी हुनुभयो । तालीमबाटै उहाँले धेरै कुरा सिक्ने अवसर पाउनुभएको हो । अब भविष्यमा पनि राजनीति गर्ने ठुलो अठोट बुढाले लिनुभएको छ । भबिस्यमा राजनीति गर्ने लक्ष बोकेकी बुढा अहिले भने राजनीतिमा अघि बढ्न सकेकी छैनन् । उहाँ छतारा नवदुर्गा महिला सहकारीको अध्यक्ष र सोही वडामा महिला आमा समूहको अध्यक्ष हुनुहुन्छ । भबिस्यमा नेता बन्ने उहाँको संकल्प छ । यो नै आफ्नो सफलता रहेको उहाँ बताउनुहुन्छ ।

यि हुन खिमा देवी बुढा

यस्तै सफल महिलाहरु मध्यकी एकजना अर्की महिला सोही नगरपालिकाको वडा नं.८ कालापानीकी पबित्रा बम शाही पनि हुन । उहाँपनि एकल महिला हुनुहुन्छ । उहाँ पेभ कार्यक्रमले गठन गरेको सिमान्तकृत महिला समुहको एक सदस्य पनि हुनुहुन्छ । पेभ कार्यक्रमकै सहयोगबाट उद्यमशीलता सम्बन्धि तालिम लिएर नगद २० हजारौं पाउनुभयो । उक्त रकमले तरकारी खेती सुरु गर्नुभएको थियो । अहिले शाहीले तरकारीका बेर्ना र तरकारी बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको रहेछ । तरकारी खेतीबाट भएको आम्दानीले राजनीति गर्छु भनेर शाहीले २०७९ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा उम्मेदवारी दिनुभएछ । उम्मेदवारी दिनुभएको उहाँले वडासदस्यको टिकट पनि पाउनु भएको रहेछ । टिकट पाइसकेपश्चात् उहाँ प्रसार –प्रसारमा जानू भयो तर निर्वाचनको नतिजाले भने संतोषजनक भएन उहाँ ३६५ मत ल्याएर पराजित हुनु भयो । वडा सदस्यमा पराजित भएतापनी उहाँले हिम्मत भने अझै हार्नुभएको छैन । बरु उहाँ अब आगामी चुनावका लागि राम्रो तयारी गरिरहनु भएको छ । आफू साधारण मान्छे यतिसम्म अर्थात यो स्थानसम्म पुगाउन पेभ कार्यक्रमको ठूलो हात रहेको शाहले बताउनुभयो ।

यि हुन पबित्रा बम शाही

पेभ कार्यक्रमकै सहयोगमा आफू पनि सफल भएको सोही नगरपालिका वडा नं. ९ कि कलसी अयडी पनि हुनुहुन्छ । अयडी विपन्न परिवारको महिला हुन । उहाँले पनि पेभ कार्यक्रमको सहयोगमा उद्यमशीलता तालिममा सहभागी हुने अवसर पाएपछि पटकपटक तालिममा सहभागी हुनुभयो । तालिममा सहभागी हुने अवसर मात्र नभई अयडीले व्यवसायका लागि नगद २० हजार रुपैयाँ सहयोग समेत पाउनुभयो । व्यवसाय संचालनका लागि पाएको रकमले उहाँले तरकारी व्यवसाय सन्चालन गरेको बताउनुभयो । तरकारी खेतीबाट आम्दानी गर्ने गरेको उहाँको भनाई छ ।

अयडीले भन्नुभयो मैले गरेको व्यवसायको आम्दानीबाट छोराछोरीलाई उच्च शिक्षा पढाउन, घर व्यबहार चलाउनदेखि लिएर सबै कुरा गर्न सहज भएको छ । पेभ कार्यक्रमका विभिन्न क्रियाकलापमा सहभागी भइसके पश्चात् ममा पनि धेरै परिवर्तन आएको देखिन्छ । मेरो सहभागीतामा वृद्धि हुनुका साथै राजनिती गर्ने मनसाय पनि बढेको छ तर राजनीति गर्नलाई पहुँच र घरपरिवारबाट सहयोकोग कमीले गर्दा राजनितीमा छिर्न सकेको छैन । गाउँमा भएका महिला समूह, महिला सहकारी, वित्तीय संस्थाहरु र अन्य उपभोक्ता समितीमा पनि आवद्ध भएको छु । म मा भएको क्षमता पेभ कार्यक्रमले गर्दा नै भएको अयडीको बुझाई छ ।

यि हुन कलसी अयडी 

जसरी दुर्गम अनि बिकट ठाउँहरुमा समस्यामा परेका जिम्मेवारी नै जिम्मेवारीले छिपिएका महिलाहरुको हकहित, संरक्षण र क्षमता विकासका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संघ सस्थाहरु लागिपरेका छन । त्यत्तिकै चासो सम्बन्धित सरोकारवाला निकायले देखाएको पाइन्न । सबैभन्दा बढी जिम्मेवार त अझ स्थानीय सरकार हुनुपर्ने हो तर यी कुराहरूमा स्थानीय सरकार भने गैरजिम्मेवार नै बन्दै आएको नागरिक अगुवाहरु बताउन्छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!