बाजुरा– कन्भर्स एकेडेमी बाजुराले हिन्दु नारीहरुको महान चाँड हरितालिका तिजको अवसर पारेर तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको सदरमुकाम मार्तडीमा अवस्थित सो बिद्यालयले शनिवार उक्त कार्यक्रमको आयोजना गरेको हो ।
बिद्यालयको प्राङ्गणमा सम्पन्न भएको तिज बिशेष कार्यक्रममा बिद्यालय क्षेत्र भित्रका अभिभावक तथा शिक्षक बिद्याथीहरुको बाक्लो उपस्थिति रहेको थियो । हरितालिका तिज नजिकिदै जाँदा बिभिन्न बिद्यालय तथा संघ संस्थाहरुले तिज बिशेष कार्यक्रमको आयोजना गरी मनाउने क्रम जारी रहेको छ ।
यसै क्रममा शनिबार कन्भर्स एकेडेमी बाजुराले पनि तिज बिशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । बिद्यालय क्षेत्र भित्रका नारीहरुले दिन भरी बिभिन्न नाचगान तथा गीतहरु गाएर प्रस्तुतीकरण दिएका थिए । बिद्यालय स्तरबाट बालबालिकाहरुले पनि बिभिन्न जनचेतनामुलक नृत्यहरु प्रदर्शन गरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दल बहादुर थापाले जानकारी दिनु भएको छ ।
बिद्यालयका अध्यक्ष दल बहादुर थापाको अध्यक्षतामा भएको तिज बिशेष कार्यक्रमको प्रमुख अतिथी बडीमालिका नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष चन्द्र थापा रहनु भएको हो भने कार्यक्रमका बिशिष्ट अतिथी बडीमालिका नगरपालिकाको कार्य पालिका सदस्य राजेश पायल रहनु भएको थियो । त्यस्तै कार्यक्रममा नेकपा एमले जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा रोकाया थापा पनि बिशिष्ट अतिथी रहनु भएको बिद्यालयका अध्यक्ष थापाले बताए ।
हिन्दु नारीहरुको महान चाँड हरितालिका तथा तिज कार्यक्रमको अवसर पारी सम्पन्न भएको कार्यक्रमबाट शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सम्बन्ध समधुर र थप प्रघाट गर्न टेवा पुग्ने बिद्यालय परिवारको भनाई रहेको छ । बिद्याथीहरुले प्रदर्शन गरेका सचेतनामुलक नृत्यहरुले अभिभावक तथा शिक्षकहरुमा पनि समधुर सम्बन्धका साथै बिद्यालयको गुणस्तरियता र उत्प्रेरणामा टेवा पुग्ने वताइएको छ ।
तिज बिशेष कार्यक्रममा शुभकामना दिदै चन्द्र बहादुर थापाले निजी बिद्यालयहरुले पनि सरकारी बिद्यालय भन्दा बढी सेवा सुविधाका साथ गुणस्तरिय शिक्षा प्रदान गर्नमा बिशेष भुमिका खेलेकोमा धन्यबाद ब्यक्त गरेका छन् ।












