बाजुरा– नेपाल बिद्यालय कर्मचारी सरिषदले बिभिन्न मागहरु राख्दै आन्दोलनका चरणहरु गर्ने चेतावनी दिएको छ । परिषदको केन्द्रीय समितिको बैठकले बाजुरा जिल्लामा पनि आन्दोलोनका चरणहरु अघि सार्ने बताएको छ । बिद्यालय कर्मचारीहरुले आफ्ना मागहरु अघि सार्दै भाद्र १२ गते देखि १८ गते एक हप्ता सम्म देशभरका सामुदायिक बिद्यालयहरु बन्द गर्ने घोषण गरेको छ । यसरी अनुरुप आइतबार देखि नेपाल बिद्यालय कर्मचारीद्वारा बाजुरा जिल्लाका सामुदायिक बिद्यालयहरु पनि बन्द गर्ने बताएको छ ।
यसै क्रममा आइतबार आफ्ना मागहरु अघि सार्दै सदरमुकाम मार्तडीका पसलहरु समेत बन्द गरेका छन । बिद्यालय कर्ममचारी परिषदको केन्द्रीय कायालयले दिएको निर्देशन अनुसार देशका ७७ वटै जिल्लाहरुममा एकै साथ आएतबार आफ्ना मागहरु अघि सार्दै बन्दको आबाहन गरेका छन । केन्द्रीय समितिको भाद्र ४ गते काठमाण्डौमा बसेको बैठकले चारवुदे माग सहितको निर्णय पारित गरेको थियो ।
परिषदले बिद्यालय कर्मचारीहरुको दरवन्दी कायम गर्नु पर्ने, पारिश्रमिक बृद्वि गर्नु पर्ने र समान कामको समान ज्याला निर्धारण गरी समान ज्याला पाउनु पर्ने सरकार संग मागहरु राखेको छ । यसरी पटक पटक आफ्ना मागहरु सरकार समक्ष राख्दा पनि सरकारले नै वेवास्था गरी आफ्ना मागहरुलाई बजेटमा नसमेटेकोले बिद्यालय कर्मचारीहरु माथि बिभेद गरि रहेको अध्यक्ष सीताराम तिवारीद्वारा हस्ताक्षरित ज्ञापन पत्र मार्फत उल्लेख गरिएको छ ।
जसमा बिभिन्न मितिमा बिभिन्न कार्यक्रमहरु तय गर्दै चरण बद्वरुपमा आन्दोलोनका कार्यक्रमहरु अघि साने परिषदले जनाएको छ । भाद्र ८ गते माइतिघर मण्डलामा बिरोध, भाद्र ९ गते काठमाण्डौको खुल्ला मञ्चदेखी माइतिघर सम्म ¥याली, भाद्र १० र ११ गते डिजिटल आन्दोलोन, भाद्र १२ गते देखी १८ गते सम्म देशभरका सामुदायिक बिद्यालय बन्द र भाद्र १९ गतेका दिन काठमाण्डौमा बृहत आन्दोलनेन गर्ने चेतावनी दिएको छ ।
बैठकको निर्णयको बिज्ञप्ती यस्तो रहेको छ ।












