बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजारमा अवैध घरेलु मदिरा बरामद गरिएको छ।
अबको आउँदै गरेका विशेष चाडपर्व र सामाजिक अपराधिक तथा विसंगतीयुक्त क्रियाकलाप साथै शान्ति सुरक्षाको विषयालार्इ लक्षित पार्दै कायम गरिएको छ। गाउँपालना कार्यालय र धुलाचौर प्रहरी चौकीको संयुक्त रुपमा हिमाली गाउँपालिका आसपासका बजार क्षेत्रमा अनुगमन गरियो हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले गरिएको छ।
अनुगमनको मुख्य उदेश्य म्याद सकिएका उपभोग्य बस्तुको नियन्त्रण र नियमन गैर कानूनी रुपमा विक्री वितरण गर्ने मदिरा नियन्त्रण र नियमन सरसफाइ सम्बन्धी अनुगमन गरिएको छ। साथै सचेतना फैलाउने पसल व्यवसाय अनिवार्य दर्ता नविकरण गराउने र अव्यवस्थीत बसोबासलार्इ व्यवस्थीत गर्न प्रोत्साहन गर्ने रहेको छ ।
हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी साथै पालिका कार्यालयका कर्मचारीहरु धुलाचौर प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्ल साथै कार्यरत सवै सुरक्षाकर्मीहरुको सहभागिता बजार अनुगमन गरिएको छ। अनुगमनको क्रममा म्याद सकिएका केही उपभोग्य बस्तु बरामद गरिएको छ ।
धुलाचौर बजारमा रहेको मदिरा १८० लिटर लोकल मदिरा ५ ड्रम रक्सि तथा जाड बनाउन तयार पारिएको कच्चा पदार्थ बरामद गरि नष्ट गरिएको छ। १ पेटी प्याट प्याटे रक्सी बरामद गरि नष्ट गरियो छ। २ कार्टुन वियर साथै ४ कार्टन ब्लु डाइमन्ड रक्सी बरामद गरिएको धुलाचौर प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लले बताएको छनैतिकता ।
साथै शौचालय नभएका धर परिवारका लागि २ महिना भित्र शौचालय बनार्इ प्रयोगमा ल्याउने प्रतिवद्धता गराइयो हिमाली गाउँपालिका कर्मचारी सागर रोकायाले बताउनु भएको छ।











