बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको हलमा २०७९ सालको विशेष हरितालिका तिज कार्यक्रम सम्पन्न गरिएको छ ।
गाउँपालिकाको आयोजना विशेषगरी पालिकाका महिला कर्मचारी हरुको दर खाने दिनलाई हामीले पहिलो प्राथमिकता दिएर हरितालिका तिज विशेष कार्यक्रम राखिएको हिमाली गाउँपालिका नि. प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ ।
हरितालिका तिज विशेष कार्यक्रम उपस्थितमा हिमाली गाउँपालिका नि. प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, प्रशासन शाखा प्रमुख सपना कठायत स्वास्थ शाखा प्रमुख प्रेमकला मल्ल, जिन्सी शाखा प्रमुख देबराज सन्ज्याल, प्राविधिक शाखा मदन पाण्डे प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संयोजक विर्ख पाण्डे लगायत गाउँपालिका सबै कर्मचारी सहभागितामा अनौपचारिक कार्यक्रम गरिएको हिमाली गाउँपालिका कर्मचारी नवराज पाण्डेले बताउनु भएको छ ।
देशभरि मनाउदै आएको नेपाली महिला दिदीबहिनी हरुको वर्षको एकपटकमा विशेषगरी हरितालिका तिज कार्यक्रम गाउँपालिका महिला कर्मचारी पहिलो प्राथमिकता दिएको छ। गाउँपालिका कार्यरत सबै शाखाका महिला कर्मचारी तिज एक दिनको पहिलो दिनमा दर खाने दिनमा पालिकाको आयोजनामा हरितालिका तिज विशेष अनौपचारिक कार्यक्रम गरिएको छ।
पालिकाका एकैसाथ महिला कर्मचारी बीच दर खाने दिनमा सभाहलमा महिला कर्मचारी दिदीबहिनीहरु बीचमा नाचगान का साथै खानेकुरा विभिन्न थरीथरीका दर खाने गरिएको छन । महिला कर्मचारी विशेष गरी मनाउने हरितालिका तिज पर्वलाई संरक्षेण तथा जोगाउन निम्ति दर खाने दिनमा हरितालिका तिज कार्यक्रम अनौपचारिक रुपमा मनाएको पालिका कार्यरत कर्मचारी कमला बुढाले बताउनु भएको छ ।











