बाजुरा– नेपाल पत्रकार महासंघ बाजुराले आयोजना गरेको तिज बिशेश कार्यक्रममा नेपाल पत्रकार महासंघकी पुर्व उपाध्यक्ष रमा खड्काले हामी सबै पत्रकारिता पेषाबाट आएका हौँ, उप मेयरले पत्रकारको पिडा बुझ्नु पर्ने कुरामा जोड दिएकी छन ।
खड्का लामो समय देखि पत्रकारिता गर्दै राजनितिमा आएकी हुन । बिभिन्न संचर गृहमा काम गर्दै नेपाली काँग्रेसको खुल्ला राजनितिमा आएकी खड्काले तिज बिशेष कार्यक्रममा बिशिष्ट अतिथीको आशनबाट बोल्दै पुरानो आर्थिक बर्षको अन्य र नयाँ आर्थिाक बर्षको सूरुवातको समयमा पत्रकारहरुलाई भुक्तानी गर्नु पर्ने रकममा बिवेद भएको भन्दै बिभिन्न संचार माद्याम र सामाजिक सञ्जालमा आएका बिभेदपुर्ण टिकाटिप्पणीलाई उप प्रमुखले आफु पनि त्यही पेशाबाट यो स्थान सम्म आएकोले पत्रकारहरुको पीडा बुझ्नु पर्ने कुरामा जोड दिएकी छन ।
महासंघे आयोजना गरेको तिज बिशेष कार्यक्रममा उनलाई पुर्व पत्रकार महासंघको जिल्ला उपाध्यक्ष र पुर्व पत्रकारको रुपमा आमन्त्रण गरेको थियो । खड्का नेपाली काँग्रेसको सातौँं जिल्ला अधिबेशनबाट जिल्ला कार्य समितिमा निर्वरोध निर्वाचित भएर खुल्ला राजनितिमा आएकी थिईन ।
बिशिष्ट अतिथीको आशनबाट बोल्दै खड्काले आफुले पनि लामो समय सम्म पत्रकारिता पेशा गर्दै खुल्ला राजनितिमा आएकोलेृ पत्रकारहरुले सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पर्ने कुरामा जोड दिदै आफुलाई यो स्थान सम्म पुर्याउने मर्यादित पत्रकारिता पेशालाई सधै स्मरण गर्ने बताएकी छन ।