बाजुरा- जिल्ला हिमाली गाउँपालिका कृषि बिकास शाखा द्रारा कृषकलाई ५० प्रतिशत मुल्य अनुदान रकम व्यवस्था गरिएको छ।
गाउँपालिका कृषि विकास शाखाका आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत रहेको छ। कृषि सहकारी, समुह र कृषकहरुलाई ५० प्रतिशत मुल्य अनुदान गरिएको छ। गहुँ र हिउँदे आलुको बिउ वितरण गर्ने कार्यक्रम रहेकोे गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ।

कृषकलाई तोकिएको समय भित्र आवश्यक पर्ने गहुँ र हिउँदे आलुको बिउ माग गर्नेको लागी सम्बन्धि वडा कार्यालय तथा हिमाली गाउँपालिका कृषि बिकास शाखामा केन्द्रमा कृषकको माग अनुसार कार्यनयन गरिने भएको छ ।
बिउ माग गर्दा निवेदन साथ ५०% प्रतिशत बराबरको हुन आउने प्रति किलोग्राम रकम पहिले नै जम्मा गर्नु पर्ने भएको छ। गहुँ प्रति किलोग्राम रु .५०/- गहुँ उन्नत बिउ प्रति किलोग्राम रु.४०/- आलु बिउ प्रति किलोग्राम रु.३५/- मुल्य रकम कायम रहेको छ।
हिमालीका कृषिप्रधान स्थानीय तहको मुख्य आयस्रोत भएको कारणले हामीले कृषकलाई उत्पादन गर्नेको निम्ति यो कार्यक्रम गरिएको हो। कृषि क्षेत्र बढी लगानीमा चासो रहने कृषकलाई अलि सजिलो भरपर्दो उन्नत जातको कृषि बिउ उपलब्ध गराउने पालिकाको मुख्य उदेश्य रहेको छ।
कृषकलाई ५० प्रतिशत मुल्य अनुदान रकम उपलब्ध हुने भदौ ४ गतेको दिनसम्म समय रहेको छ। कृषि सहकारी र समुहको हकमा बिउ माग सम्बन्धि निर्णय र कर चुक्ता वा नवीकरण प्रमाणपत्र हुनुपर्ने कृषि बिकास शाखा प्रमुख टोप बहादुर शाहीले बताउनु भएको छ।











