बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर राावतलाई पितृ शोक परेको छ । गाउँपालिका अध्यक्ष रावतका पुजनिय बुवा बुद्धे रावतको भाद्र १६ गते ७७ वर्षको उमेरमा आफ्नै निवासमा असामयिक निधन भएको नेपाल दलित संघ बाजुरा जिल्ला अध्यक्ष भिम नेपालीले बताए ।पितृ शाेक परेका रावत नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका छन । उनलाई परेकाे पितृ शाेककाे सुभचिन्तकहरुले सामाजमािक सञ्जालमा दुख प्रकट गरेका छन ।











