बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा पालिका स्थारीय स्वास्थ प्रगतिको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
वार्षिक समिक्षा कार्यक्रम हिमाली गाउँपालिका स्वास्थ शाखा कार्यालयको आयोजनामा भाद्र १६ र १७ गते गरी दुई दिनसम्म कार्यक्रम संचालन गरिएको छ। उक्त कार्यक्रम अध्यक्षता हिमाली गाउँपालिका गाउँपालिका उपाध्यक्ष राजकला सार्की, प्रमुख अथिति गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी रहनु भएको छ।
अथिति हिमाली गाउँपालिका भरिका वडा अध्यक्षहरु सहित वडा सदस्य तथा स्वास्थ शाखा प्रमुख प्रेमकला मल्ल लगायत सातै वडामा रहेका वडाका आधारभुत स्वास्थ सेवा केन्द्रका इन्चार्ज हरुको उपस्थितमा कार्यक्रम संचालन गरिएको हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले जानकारी दिनुभएको छ।
गाउँपालिकाको स्वास्थ संस्था सहित बिच्छया स्वास्थ चौकी र रुगिन स्वास्थ चौकी रहेका छन। भने पालिकाका भरीका वडामा रहेका आधारभुत स्वास्थ सेवा केन्द्र स्थापना सहित स्वास्थ सेवा भैरहेको छ। स्वास्थ सेवामा सेवा सुबिधा कति बिरामीले स्वास्थ परिक्षा लगायत औषधि उपचार कति स्थानीय नागरिकले सेवा पाउने जति सेवामूलक रहेको यस कार्यक्रम मुख्य लक्ष्य रहेको छ।
पालिका भरिका स्वास्थ केन्द्रमा वडा हुदै टोल बस्तीमा रहेका स्थानीय नागरिक स्वास्थ सेवा बाट पाउने औषधि उपचार स्वास्थ जाच गरिएको स्वास्थ कर्मचारी गरिरहेका छन। स्वास्थ सेवा थप सुबिधाजन्य पाउने तरिकाबाट स्वास्थ कर्मचारीले लागि परिरहने उर्जाका काम हुने आशा देखेको छ। स्वास्थ केन्द्र रहेका स्वास्थ कर्मचारीले कति जनालाई स्वास्थमा बिरामीले केके जाच वास्तविक यथार्थ वार्षिक समिक्षा हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ।











