बाजुरा- नेपाली काँग्रेस बाजुराले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उमेदवाहरू सिफारिस गरेको छ ।
शनिवार पार्टी कार्यालय विपि स्मृति भवनमा बसेको पार्टीको बैठकले सम्भावित उमेदवारको नाम सिफारिस गरेको नेपाली काँग्रेस बाजुराको सचिव भरत बहादुर रोकायाले बताए ।
लामो समय देखि बसेको पार्टीको बैठकले बास्तविक उमेदवार छनोट गर्न नसक्दा दाबि गरेका सबैलाइ सिफारीस गरेको काँग्रेस बाजुरो जनाएको छ । पार्टीले प्रतिनिधि सभाका लागि ७ जना र प्रदेश सभाका लागि प्रदेश (क) र प्रदेश (ख) दुबै प्रदेश सभा गरि ७ जना उम्मेद्बारी सिफरिस गरेको छ ।
प्रतिनिधि सभाका लागी सिफारिस उम्मेदवारहरु
१.कविराज पण्डित
२.खम्म बहादुर खाती
३.अंगराज तिमिल्सेना
४.ब्रदी प्रसाद पाण्डे
५.जनकराज गिरी
६.मान बहादुर रावल
७.शेरबहादुर खाती
प्रदेश सभा (क) का लागि प्रत्यक्ष तर्फ सिफारिस उम्मेदवारहरू
१.जनकराज गिरि
२.नारायण पाध्याय
प्रदेश सभा (ख) का लागि प्रत्यक्ष तर्फ सिफारिस उम्मेदवारहरू
१.पदम बहादुर शाहि
२.रामसिह रावल
३.चक्र बहादुर शाह
४.दिपक बिक्रम शाह
५.शुरेन्द्र नाथ योगी











