बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका वडा न. -७ दगडामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरि १४ घर परिवार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न।
कार्यक्रमका सभा अध्यक्षता त्रिवेणी नगरपालिका वडा न.७ नेपाली काङ्ग्रेस वडा वडा सभापति डम्म अयडी रहनु भएको छ। कार्यक्रम प्रमुख अथिति नेपाली काङ्ग्रेसका बाजुरा पार्टी सभापति रामसिंह रावल, जिल्ला कार्यसमिति सदस्य नेता जुद्द अयडी, ने.बि. संघ युवा नेता खडक अयडी पाटी कार्यकर्ता लगायत स्थानीय बासिन्दाको सहभागिता कार्यक्रम संचालन गरिएको छ।
नेपाली काङ्ग्रेसको आदर्श , सिद्धान्त लाई मन पराई त्रिबेणि नगरपालिका -७ दगडा बाट नेकपा एमाले,नेकपा माओवादी पार्टी परित्याग गरि १४ घर परिवार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न। पाटी सभापति रावलले नवप्रवेसी सम्पुर्ण लाई नेपाली काङ्ग्रेस पार्टीमा हार्दिक स्वागत व्याक्त गरेको बताएका छन ।











