बाजुरा— नेकपा एमाले बाजुराले संघको उम्मेदवारमा ३ जनाको नाम सिफारीस पठाएको छ । २ दिन सम्म भएको छलफलले नटुगिंए पछि सबैका नाम सिफारीस गरि पठाएको हो । आकांक्षी उम्मेदवारका नाम सिफारिस गर्न बसेको जिल्ला कमिटीको बैठकले कर्ण बहादुर थापा, प्रकाश बहादुर शाह र लोकेन्द्र बहादुर शाहीको नाम केन्द्रमा पठाउने निणर्य गरिएको हो ।
त्यस्तै एकै दिनको बैठकबाट उम्मेद्वारको टुङ्गो लाग्न नसक्दा दुई दिन लगाएर ३ जना कै नाम केन्द्रमा सिफारिस गरेर पठाएको पार्टी सचिव थापाले जानकारी दिएका छन ।आसन्न मसिंर ४ गते हुने संघ र प्रदेशको निर्बाचानका लागि बाजुरा प्रदेश (क) र (ख) बाट ९ जना सिफारिस गरी पठाएको एमाले सचिवलयले जनाएको छ ।
प्रदेश (क) बाट मन बहादुर बिष्ट, बल्देव रेग्मी, रंगमान शाही, सहदेव बोगटी र मेघराज शाहीको नाम सिफारिस भएके छ भने प्रदेश (ख) को उम्मेदवारहरु लाल बहादुर थापा, लाल बहादुर ओली, भरत बुढा र मिन बहादुर बिष्टको नाम सिफारीस गरी पठाएको नेकपा एमाले बाजुराका पार्टी सचिव भरत थापाले बताएका छन । सर्वसम्मत उम्मेदवार छनोट गर्ने गरी गृहकार्य गरेको नेकपा एमाले बाजुराले सर्बसम्बत गर्न नसक्दा आकाङ्क्षा राख्ने उम्मेदवारहरुको नाम सिफारिस सिफारीस गरी पठाएको एमाले सचिव थापाले बताएका छन । शीर्ष तहका नेताहरुले नै सर्वसम्मतीका लागि प्रयास गरेको भए पनि जिल्लामा टुङ्याउन नसकेका कारण सबैको नाम सिफारीस सहित पठाएको नेकपा एमाले बाजुराले जनाएको छ ।











