बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.६ मा रहेको बडिमालिका माध्यमिक बिधालय धिम स्कुलले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको छ।
बिधालयको आयोजनामा भदौ २३ गते बिद्यार्थी तथा शिक्षेक संगै रहेर धिम गाउँमा र्याली गरेर दिवस मनाएका छ्न। बिधालयमा रहेका ४ सय ४५ जति बिद्यार्थीहरु सहित शिक्षक र शिक्षिका बिच रहेर कार्यक्रम गरिएको छ।
वर्षको एकपटक मनाउदै आइरहेको आज साक्षरता मनाउदै आएको विशेष दिन मानिन्छ। त्यसैले आज बिधालयको आयोजनामा राखेर गाउँमा विभिन्न किसिम नारा जुलुस लगाइएको छ।
साक्षरता दिवस सफल पारौ, बालबालिका हिंसा अन्त्य गरौं, बालबालिका स्कुल पढाउ महिला हिंसा अन्त्य गरौं, खुल्ला दिसा मुक्त अन्त्य ,गरौं निरक्षर आमाबाबु हरुलाई साक्षर बनाउन भन्ने अभियान गरिएको प्रधानाध्यापक यादव पौडेलले बताउनु भएको छ ।
५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस बडिमालिका बिधालय धिम स्कुलको आयोजनामा गाउँमा आज मनाएको छ। सबै बालबालिका लाई संगै लगेर गाउँमा विभिन्न र्याली गराउदै साक्षरता दिवस मनाउदै आएको बिधालय शिक्षेक मोहन रावलले बताउनु भएको छ।











