बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.७ बाधु बगर बजारमा अवैध घरेलु मदिरा बरामद गरिएको छ।
अबको आउँदै गरेका विशेष दशैचाडपर्व र सामाजिक अपराधिक तथा विसंगतीयुक्त क्रियाकलाप साथै शान्ति सुरक्षाको विषयालार्इ लक्षित पार्दै कायम गरिएको छ। हिमाली गाउँपालिका वडा न.७ को वडा कार्यालय र कुण्डा चौकी प्रहरी चौकी संयुक्त रुपमा बाधु बगर बजार क्षेत्रमा अनुगमन गरियो हिमाली गाउँपालिकाका वडा न.७ का वडा अध्यक्ष टपेन्द्र कुमार शाहीले बताउनु भएको छ।
अनुगमनको मुख्य उदेश्य म्याद सकिएका उपभोग्य बस्तुको नियन्त्रण र नियमन गैर कानूनी रुपमा विक्री वितरण गर्ने मदिरा नियन्त्रण र नियमन सरसफाइ सम्बन्धी अनुगमन गरिएको छ। अनुगमन हिमाली गाउँपालिकाका वडा न.७ वडा अध्यक्ष टपेन्द्र कुमार शाही साथै कुण्डा प्रहरी चौकी पिलुचौर इन्चार्ज मदन बिष्ट साथै कार्यरत सवै सुरक्षाकर्मीहरुको सहभागिता बजार अनुगमन गरिएको छ।
बाधु बगर बजारमा रहेको मदिरा ६५ लिटर लोकल मदिरा ३ ड्रम रक्सि तथा जाड बनाउन तयार पारिएको कच्चा पदार्थ बरामद गरि नष्ट गरि रक्सी बरामद गरिएको कुण्डा प्रहरी चौकी इन्चार्ज मदन बिष्टले बताएको छन ।
बाँधु बगरमा रहेका ब्यबसाय अबैधानिक रुपले बेचबिखन गरिदै आएको छ। मदिरा सेवन जुनसुकै किसिमको भएपनि उत्पादन गर्ने बेचबिखन गर्नेको लागी नपाउने अबस्था रहेको छ। बजारमा रहेका मिति गएको समान बेच्न नपाउने प्रतिबद्धता गर्नु भएको वडा अध्यक्ष शाहीले बताउनु भएको छ।











