बाजुरा– जननायक बिश्वसेर प्रसाद कोइरालाको १०९ जन्म जयन्ती शनिबार देश भर मनाईएको छ । यसै क्रममा नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिले पनि १०९ औँ वि.पी जयन्ति मनाएको छ । नेपालका पहिलो जननिर्वाचित प्रधान्मन्त्री स्वर्गिय बि.पी.को फोटोमा माल्यापण गरी नेता तथा कार्यकर्ताहरुले फोटोमा माल्यार्पण गर्दै श्रदासुमन व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै अधिकांस बक्तअहरुले बिपीको बिचारलाई आत्मसात गरेर अगाडी बढ्न सकेमा मात्र नेपाली कांग्रेस प्रति जनताले बिश्वास गर्ने बलियो आधार तयार गर्न सकिने कुरामा जोड दिएका थिए । साथै नेताहरुले बिपीलाई कहिले भुलन नहुने र बिपीको बिचार र दर्शनलाई आफ्नो राननिति जिवनको मेरुदण्ड ठान्न सकेमा मात्र जनताको बिश्वासिलो पात्र बन्न सकिने बताएका थिए ।

त्यस्तै औपचारिक कार्यक्रमका बिच मनाइएको १०९ औ बिपी जयन्ति कार्यक्रम नेपाली काँग्रेस बडीमालिका नगरकार्यसतिका उप–सभापति जसबहादुर विकको अध्यक्षतामा संचालन भएको थियो । उप–सभापति विकको अध्यक्षतामा संचालन भएका कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस बाजुराका उप–सभापति पदम बडुवाल रहेका थिए । कार्यक्रममा काँग्रेस जिल्लाकार्यसमिति सदस्य रामबहादुर कार्की प्रदेश सदस्य हिरेन्द्र बहादुर रोकाया, काँग्रेस नेतृ कमला रोकाया, नेपाल बिद्यार्थी संघका अध्यक्ष जनकबहादुर थापा, काँग्रेस गौमुल गाउँकार्यसमितिका सभापति राजबहादुर धामी, बिश्व हिन्दु महासंघका अध्यक्ष महारुद्र प्रशाद जोशी पूर्ब जिल्ला कार्य समिति सदस्य धन बहादुर रावत, धन बहादुर सार्की, कर्मचारी युनियन संघका पुर्व अध्यक्ष रामचन्द्र यादव, कांग्रेस गौमुलका सचिव अर्जुन बोहरा खप्तड मालिका न्युज्का अध्यक्ष सुक्रराज बोहरा, लगायत नेता कार्यकर्ताहरुको यपस्थिति रहेको कार्यक्रमको संचालन कांग्रेस बडिमालिका नगरपालिका वडा न. ८ का सभापती बिर बहादुर थापाले गरेका थिए ।












