बाजुरा– जिल्ला भरी मनाईने अनन्ते पर्व आज सदरमुका मार्तडीमा पनि मनाइदै छ । जिल्लाका बिभिन्न भेगहरुमा मनाईने अनन्ते मेला सदरमुकाम मार्तडीमा अनन्ते र देउडा खेलेर सम्पन्न हुँने भएको छ । भाद्र पन्चमीको दिनबाट सुरु गरिएने अनन्ते मेलालाई बाजुरामा बिशेष पर्वका रुपमा लिने गरेका छन् । यो मेला तीन दिन देखी पाँच दिनसम्म लाग्दछ । बाजुरालीले दशै पछिको महत्वपूणर् पर्वका रुपमा अनन्ते पर्वलाई लिने गरेको छन् ।
महाभारतमा कौरवसंगको लडाईमा पाण्डवहरुले बिजयी हासिला गरेको खुशीयालीमा पाण्डवका पक्षमा तथा न्यायीका पक्षधरहरुले बिजयी उत्सवका रुपमा अनन्ते पर्वलाई लिने गरेको बुढापाकाहरुले बताउने गरेका छन् । पाँच दिन सम्म लागेको अनन्ते मेला भोली समाप्त हुँदैछ । दिन भरी अनन्ते खेलेर मेला मनाईएको थियो भने रात भरी देउडा खेलेर भोली मात्र सम्पन्न हुँने बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष चन्द्र बहादुर थापाले बताउनु भएको छ ।











