बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा व्यवसाय दर्ता तथा स्थाई लेखानम्बर वितरण शिविर सञ्चालन गरिएको छ।
हिमाली गाउँपालिका र उद्योग वाणिज्य संघ बाजुराको आयोजनामा व्यवसाय दर्ता तथा स्थाई लेखानम्बर वितरण एक दिने शिविर सञ्चालन गरिएको छ।गाउँपालिकाका भित्रका सम्पुर्ण फेन्सी, किराना लगायत वाणिज्य तर्फका सबै व्यवसाय सिलाइ कटाई तथा होटल व्यवसाय उद्योग तर्फका कृषि समुह / फर्म र सहकारी संस्था दर्ता लगायतका काम गरिएको छ। सबै व्यवसायहरुका लागी साफेबगर र धनगढी जानुपर्ने (ई- प्यान नम्बर) समेत उपलब्ध गराएको छ।
व्यवसाय दर्ता गरिएका युजर पासवर्ट समेत प्रदान गर्नुका साथै कर चुक्ता प्रमाणपत्रका लागी एक दिने शिविर सञ्चालन कार्यक्रमको लागि आयोजना गरिएको हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत कविन्द्र राज पाण्डेले बताउनु भएको छ।











