बाजुरा- जिल्लाका ६७ वटा बिद्यालयहरु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन । सामुदायिक विद्यालयको स्तरोन्नति सुधार गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । सोहि कार्यक्रम अन्तर्गत बाजुराका ६७ विद्यालयलाई छनोटमा परेका हुन ।
कार्यक्रममा बाजुरामा आइसीटीमा २८ बिद्यालय छनोट भएका छन । त्यसै गरी २४ ओटा ४ कोठे भवन र १५ ओटा २ कोठे भवनका लागि छनौट भएका छन ।
गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि लगायत प्राथमिकताका आधारमा बजेट विनियोजन गरी कार्यक्रमलाइ अगाडी बढाएको हो । ती विद्यालयलाई पनि रकम तोकिएको छ ।