बाजुरा- गणतन्त्र नेपालकाे सँविधान जारी भएकाे ७ बर्ष पूरा हुदैछ । २०७२ साल असाेज ३ गते गणतन्त्र नेपालकाे सँविधान जारी भएकाे थियाे ।
संविधान दिवसकाे अवसरमा असाेज २ गते राजनितिक दल र राष्ट्रसेवक कर्मचारी विच भलिवल प्रतियाेगिता हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालय बाजुराकाे भाद्र २६ गते बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । संविधान दिवसकाे अबसरमा असाेज २ गते बडीमालिका मन्दिरकाे परिसरमा सबै मिलेर सरसफाई गर्ने र त्यस पछि सदरमुकाम मार्तडीकाे कवडहलमा भलिवल प्रतियाेगिता हुने भएकाे छ ।
असाेज २ गते विहान ७ बजे बडीमालिका मन्दिर परिसर सबै मिलेर सरसफाई गरिनेछ भने दिउसाे राजनितिक दल र कर्मचारी विच भलिवल प्रतियाेगिता गरि संविधान दिवस मनाउने जिल्ला प्रशासन कार्यालयले शनिवार निकालिएकाे सूचनामा भनिएकाे छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र वहादुर विष्टद्वारा हस्ताक्षरित सुचनामा भनिएकाे छ असाेज २,३ र ४ गते प्रत्यक दिन साँझ दिपावली सहितकाे नेपालकाे नक्सा सहितकाे चित्र वनाई मैनवत्ति जलाएर संविधान दिबस मनाईने भएकाे छ । त्यस्तै असाेज ३ गते संविधान जारी भएकाे दिनमा खुसीयालीका साथ प्रभात फेरि र दिपावली सहित सभा गरि संविधान दिवस मनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा अनुराेध गरेकाे छ ।











