बाजुरा–आइतबार जिल्ला हिन्दु युवा संघ बाजुराद्वारा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ । बिजया दशमी, शुभ दीपावली तथा छट पर्वको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
नेपालमा हिन्दु धर्मलाई सदा सर्वदा जीवित राख्न सबै हिन्दु धर्मावलम्बीहरुले एक भएर लाग्नु पर्ने कार्यक्रममा उपस्थितहरुको भनाई रहेको थियो । हिन्दु युवासंघ बाजुराका उपाअध्यक्ष हेमराज उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रमको संचालन संघका जिल्ला सचिव कमल बि.क.ले गर्नु भएको थियो । कार्यक्रममा जिल्ला सममन्वय समिति प्रमुख तुल्सीराम रोकाया प्रमुख अतिथी रहनु भएको थियो ।

नेपालमा करिव ८२ प्रतिशतले हन्दिु धर्म मान्दै आएका छन भने बाँकी १८ प्रतिशतले मात्र अन्य धर्म मान्दै आएको एक तथ्याङ्कमा उल्लेख गरिएको छ । कार्यक्रममा हिन्दु धर्मका ज्ञाता गुरुहरु भोजराज उपाध्याय, गोविन्द जोशी, मालिका नमुना माद्यामिक बिद्यालयका प्राचार्य शुभराज पाध्याय, भानुभक्त पाध्याय, ज्योति प्रकाश जोशीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै पण्डितहरुले हिन्दु धर्म परम्परागत धर्म भएकोले पृथ्वी नारायण शाहको पाला देखि यो धर्मको सूरुवात भएको बताएका थिए । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका उपसभापति पदम बहादुर बडुवाल, हिन्दु युवासंधका केन्द्रीय सदस्य उमेशजङ्ग शाही, नेकपा एमले जिल्ला कमिटी सदस्य लछि बि.क., नेपाल रेटक्रस सोसाईटीका मन्त्री रम बहादुर शाही, रेडियो पौरखीका स्टेशन मेनेजर राम बहादुर दानी र राप्रपा नेपालका कान्त बहादुर शाही लगायत बिशिष्ट अतिथी रहनु भएको थियो ।

कार्यक्रममा जिल्लामा संचालित बिभिन्न मिडियाका कर्मचारीहरुको उपस्थिति रहेको अध्यक्ष हेमराज उपाध्यायले बताएका छन । कार्यक्रम बडीमालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।











